लायन्स महाधिवेशनमा झल्कियो नेपालको संस्कृति

लायन्स महाधिवेशनमा झल्कियो नेपालको संस्कृति

काठमाडौं: लायन्स क्लव इन्टरनेशनलको ९९ औं महाधिवेशन जापानको फुकुओकामा सुरु भएको छ । यो महाधिवेशनमा सहभागी नेपाली समुदायले राष्ट्रिय झन्डासहित सहभागी भएर नेपालको कला संस्कृति प्रस्तुत गरेका छन् ।

सन् २०१६/१७ का लागि नेतृत्व छान्न सहभागी नेपालीहरु दौरा सुरुवाल, साडी चोली र नेपाली लोकबाजासहित सहभागी भएर आफ्नो कला संस्कृतिलाई अन्य देशका मानिसमाझ फैलाउन सफल भएका छन् ।

यो महाधिवेशनले आगामी वर्षका लागि अमेरिकन नागरिक रोबर्ट वोब इ कारलिउलाई सर्वसम्वत अध्यक्षमा चयन गर्ने भएको छ । अमेरिकाको होनोलुलु हवाईमा सम्पनन ९८ औँ महाधिवेशनमा उनी प्रथम अन्तर्राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका थिए ।

गतबर्ष नेपाली लायन्सको तर्फबाट इन्जिनियर सञ्जय खेतान अन्तर्राष्ट्रिय निर्देशक पदमा निर्विरोध निर्वाचित भएका थिए ।

लायन्सको महाधिवेशनमा सहभागी हुन नेपालाबाट तीन सयजना जापान पुगेका डिष्ट्रिक गभर्नर कुमारराज सुवेदीले बताए ।

महाधिवेशनमा डिष्ट्रिक ३२५ ए १ नेपालबाट एक सय जनाभन्दा धेरैको सहभागी छन् । महाधिवेशन जुन २५ देखि २८ गतेसम्म चल्नेछ ।

नेपालबाट निर्वाचन र सपथग्रहण कार्यक्रममा भाग लिन ४ डिष्ट्रिकका डिष्ट्रिक गभर्नरहरु र सयौंजना लायन्सको विभिन्न पदमा आवद्ध लायन्स लिडरहरु आएका छन् ।

महाधिवेशन अघि आयोजित र्‍यालीमा नेपालबाट महाधिवेशनमा भाग लिन पुगेका लायनहरुले नेपालको राष्ट्रिय पोशाक दौरा सुरुवाल, टोपी, कोटसहित राष्ट्रिय झण्डा बोकेर सहभागी भए ।

महिला लायनहरुले साडी, ब्लाउज र नेपाली झण्डा फहराउँदै सहभागी भए । सन् १९७१ मा पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको अध्यक्षतामा 'लायन्स क्लव अफ बिराटनगर' को स्थापना गरिएको थियो । त्यसयता यो संस्थाले सामाजिक गतिविधि गर्दै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.