अमेरिका छिर्न खोज्ने १६ नेपाली फिलिपिन्सबाट पक्राउ

अमेरिका छिर्न खोज्ने १६ नेपाली फिलिपिन्सबाट पक्राउ

मलेसियाः अवैधरुपमा अष्ट्रेलिया र अमेरिका जान लागेका १६ जना नेपाली फिलिपिन्सबाट पक्राउ परेका छन् । पक्राउ परेका्मध्ये सातजनालाई मलेसियास्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्काइएको छ ।

९ जना भने घर फर्किन नमानेपछि उद्धार गर्न नसकिएको दूतावासले जनाएको छ ।

उनीहरु फिलिपिन्सदेखि पुर्व प्रशान्तमहासागर क्षेत्रमा अवस्थित टापुहरुको राज्य फेडरेटेड् स्टेट्स् अफ माइक्रोनेसियाको याप राज्यमा पक्राउ परेका थिए । पक्राउ परेकामध्ये सातजनालाई जुन २५ मा उद्धार नेपाल गरी पठाइएको छ ।

दूतावासका अनुसार विदेशी तथा नेपाली मानवतस्कर गिरोहले अमेरिका र अष्ट्रेलिया पठाइदिन्छु भनेर मोटो रकम असुली नेपालबाट मलेसिया र इन्डोनेसिया हुँदै डुंगामा उक्त देशको समुद्रीक्षेत्रमा कागजातविहीन अवस्थामा छोडेका थिए ।

उनीहरुलाई माइक्रोनेसियाका अद्यागमन अधिकारीहरुले पक्राउ गरी घर फिर्ती केन्द्रहरुमा राखेका थिए ।

 

१६ जनामध्ये केहीले संयुक्त राष्ट्रसंघीय शरणार्थाी उच्चायोगसमक्ष शरणको लागि आवेदन गरेको बुझिएको छ ।

दूतावासको सहयोगमा घर फर्किनेमा वसन्तवहादुर दर्लामी पाल्पा, प्रविन लामा चितवन, सोमबहादुर लामाथिंङ मकवानपुर, सन्जीव राई इलाम, स्याम्युल तामाङ चितवन, अमितकुमार साह धनुषा र जयराम वाइवा, चितवन रहेका छन् ।

उनीहरुमध्ये नेपाल फर्काउन नसकिएकाहरुलाई अहिले युएनएचसिआर र आइओएमको निगरानीमा राखिएको नेपाली दूतावास मलेसियाले जनाएको छ । नेपाली दूतावास मलेसियाले फिलिपिन्सका लागि समेत काम गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.