मलेसियामा तीन नेपाली अलपत्र

मलेसियामा तीन नेपाली अलपत्र

मलेसिया: रोजगारीका लागि मलेसिया आएका झापा पृथ्वीनगरका लक्ष्मण लिम्बुलाई मलेसियाबाट नेपाल फर्कने चिन्ताले सताएको छ। १ वर्ष अघि मलेसिया आउँदा लागेको ऋण तिरेर केही कमाइ गर्ने उनको सपना थियो। मलेसियामा सोचे जस्तो नहुँदा अहिले समस्या परेको उनी बताउँछन्।

लिम्बुमात्र होइन लिम्बुसँगै काम गर्न आएका झापा शरणामतिका प्रदिप खड्का र सर्लाही लालवन्दीका लेखनारायण चौधारीको अवस्था पनि त्यस्तै छ। मलेसिया आइपुगेका उनीहरू ३ महिनाबाट काम विहीन बनेका छन्।

कम्पनीले भिषा नलगाइदिँदा अवैधानिक बन्नु परेको छ। लिम्बुले अन्नपुर्णसँग भने, 'काम नहँुदा पैसा भएन घरबाट पैसा मगाएर खाँदै छौं', आफूहरूलाई उद्धार गरिदिन उनीहरूले नेपालमा रहेको मुमिरा एचआर सोलुसनलाई पटकपटक आग्रह गर्दा पनि म्यानपावरका सचिन राईले कुनै प्रतिक्रिया नदिएको दुखेसो गरे।

एक वर्षअघि मलेसियाको क्वालालम्पुरमा रहेको इमेज सेकुरेटि कन्सल्टेन्सीमा काम गर्न आएका उनीहरूलाई ६ महिनासम्म काम दिए पनि पछिल्ला ३ महिना काम विना नै होस्टेलमा राखिएको छ। कम्पनीको सम्झौता सकिएको भन्दै उनीहरूलाई काम नदिएको हो। आफू आउनु अघि कम्पनीमा ६ नेपालीले काम गरिसकेको लिम्बुले जानकारी दिए।

६ मध्ये ३ जना भने आफ्नौ पैसामा नेपाल फर्किसकेका छन्। ' यहाँ आउँदा लागेको ऋण बाँकी नै छ फेरि कसरी ऋण गरेर घर फर्कनु कतै काम पाइहालिन्छ कि भनेर बसियो, अहिले यो समस्या आयो', लिम्बुले भने 'अब घर फर्कनुको विकल्प छैन।'

 

लिम्बुसँगै काममा रहेका चौधारीले म्यानपावरको गल्तीले आफूहरू फसेको दुखेसो गर्छन। उनी काठमाडौंको रोयल हिमचुली इन्टरनेशनल म्यानपावार मार्फत मलेसिया आइपुगेका हुन्।

समस्या लिएर नेपाली दूतावास मलेसिया गएपनि दुतावासले समेत खासै वास्ता नगरेको लिम्बुले बताए। ' श्रम सहचारीसम्म आफ्ना समस्या वताए पनि हाम्रो समस्यालाई ध्यान दिइएन', लिम्बुले भने। उनले आफूहरूलाई उद्धार गरिदिन नेपाल सरकारसँग समेत आग्रह गरेका छन्।

सुरुवातमा १ हजार ४ सय रिंगेट कमाइ हुने भन्दै म्यानपावरले उनीहरूलाई मलेसिया पठाएको थियो। काम गरेको ३ महिनासम्म तलब र काम दिए पनि त्यसपछि कहिले काम दिने र कहिले नदिने गर्दै आएको थियो।

पछिल्लो ३ महिनाबाट भने कम्पनीको सम्झौता सकिएको भन्दै काम रोकेर होस्टेलमा राखेको प्रदिप खड्काले बताए। खड्काले भने, 'त्यो बेला पैसाकै अभावमा घर जान सकिएन अहिले यो हालत भएको छ।'

२ लाख म्यानपावारमा तिरेर मलेसिया आएको उनीहरूलाई अहिले महिनाको ४० हजार भन्दा बढी रकम घरबाट पठाउन थालिएको छ। बाहिर निस्केर अन्यत्र काम गर्न पनि नसकिएको खड्काले बताए।

'हामी अवैधानिक बनिसकेका छौं, बाहिर हिँडे प्रहरीले पक्रला भन्ने डर', खड्काले भने। होस्टलबाट उद्धार गरेर नेपाल पठाइदिन उनीहरूले सामूहिक आह्वान समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.