दुवईमा वैदेशिक रोजगार सम्बन्धि अन्र्तक्रिया

दुवईमा वैदेशिक रोजगार सम्बन्धि अन्र्तक्रिया

युएईः नेपाली राजदुतावास युएईले वैदेशिक रोजगार सम्बन्धि अन्र्तक्रिया सम्पन्न गरेको छ ।

युएईको दुबईस्थित नसिमी होटलको सभाहलमा अन्र्तक्रिया आयोजना गरिएको थियो । १२ बर्ष पछि दुतावासले पहिलो पटक गरेको सो कार्यक्रममा युएईमा क्रियाशिल नेपाली संघसंस्थाका प्रतिनिधिहरु, व्यवसायी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

कार्यक्रममा नेपाली दुतावास युएईका कार्यबाहक राजदुत नेत्र टंडनले युएई र नेपालको श्रम कानुन, नेपाल र युएईको सम्बन्ध इतिहास, युएईमा नेपाली हरुको आगमन र बर्तमान अवस्था, र श्रम कानुनमा उल्लेखित नेपाली कामदारहरुले पाउने हक अधिकारहरुको बारेमा जानकारी गराएका थिए ।

नेपालको वैदेशिक रोजगार व्यवस्थापनमा वैदेशिक रोजगार ऐन २०६४ ले गरेका व्यवस्थाहरुको बारेमा आफ्नो प्रस्तुती राख्दै नेपाली दुतावास युएईका लागि काउन्सेलर भेषबहादुर कार्कीले १० हजार भन्दा बढी कामदार भएको राष्ट्रमा एक श्रम सहचारी हुनु पर्ने व्यवस्था रहेको जानकारी गराएका थिए । उनले फ्री भिसा फ्री टिकटका बारेमा पनि जानकारी गराएका थिए ।

दुतावासका द्वितीय सचिव कृष्ण अर्यालले युएईका केन्द्रिय जेल र अस्पतालको भ्रमण गरेर तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा युएईको ८ ओटा केन्द्रिय जेलमा एक सय नेपाली रहेको र उनीहरु मध्ये सबै भन्दा बढी मादक पदार्थको कारणले बन्दी हुन पुगेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
२०७० देखी २०७३ सालसम्मको आंकडा अनुसार युएईमा एक सय ८४ जना नेपालीको मृत्यु भएको र अहिले युएईको अस्पतलमा एक जना मात्र कोमामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

 

दूतावासका तर्फबाट तयार पारिएको सामग्री तथा जानकारी प्रस्तुत गरेपछि अन्र्तक्रियाको लागि फ्लोर खुला गरिएको थियो अन्र्तक्रियामा सुझाव र प्रश्नहरु राख्दै युएईमा रहेका विभिन्न संघ संस्थाका प्रतिनीधिहरुले दुतावासको टेलिफोन नउठ्ने, कार्य सम्पादनमा ढिलाइ हुने जस्ता कार्य दुतावासवाट हुने र कार्यक्रमको प्रस्तुतीमा उल्लेख गरिएको समस्या, भिजिट भिषा, विमानस्थल सेटिङ्ग जस्ता समस्याहरु समाधानको लागि दुतावासले पहल गुर्नपर्ने धारण राखेका थिए ।

अन्र्तक्रियामा उठेका प्रश्नको जवाफ दिँदै कार्यबहाक राजदुत टंडनले दुतावासले केही समस्या समाधानको पहल गरिरहेको र केही नीतिगत समस्याहरुमा आफुहरुले उजागर मात्र गर्ने समाधानको निकाय आफुहरु नरहेको बताएका थिए । उनले नेपाली दुतावासको सम्पर्क फोनलाई केहि महिना भित्रमा सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.