बग्दाद आक्रमणमा मृत्यु हुनेको संख्या एक सय १९ पुग्यो

बग्दाद आक्रमणमा मृत्यु हुनेको संख्या एक सय १९ पुग्यो

बग्दादः इराकको राजधानी बग्दादमा आइतबार बिहान सबेरै भएको हमलामा कम्तीमा पनि ११९ जनाको ज्यान गएपछि सोमबारदेखि तीन दिनसम्मका लागि राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

आइतबारको आत्मघाती कारबम आक्रमणमा परी ११९ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हमलाको जिम्मेवारी इस्लामिक स्टेट्स, आइएसले लिएको छ ।

त्यसमा परी आइतबार दिउसो नै ७५ व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको थियो । तर सो शक्तिशाली हमलामा परी अरु दर्जनौँ घाइते भएका छन् । ती घाइतेमध्ये केहीको मृत्यु भएको छ ।

राजधानी बग्दादमा यस बर्षमा भएका यस्ता हिंसात्मक आक्रमणहरुमा यो सबैभन्दा भीषण आक्रमण भएको बताइएको छ । गत हप्तामात्र पनि बग्दादमा भएको हमलामा परी २१ जनाको ज्यान गएको थियो ।

यस आक्रमणप्रति निन्दागर्दै इराक सरकारले सोमबारदेखि तीन दिनसम्म राष्ट्रिय शोकको घोषणा गरेको छ । इराकी प्रधानमन्त्रीले सोमबार राष्ट्रिय शोकको घोषणा गरेका हुन् ।

आक्रमणमा परी थप कम्तीमा पनि एक सय ८० व्यक्ति घाइते भएका प्रहरीले सोमबार जानकारी दिएको छ । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार जारी रहेको इराकी स्वास्थ्य मन्त्रालयले बताएको छ ।

राजधानी बग्दादको नजिकै पर्ने कर्रादा जिल्लामा रहेको सडकमा यस्तो हमला गरिएको हो । कारमा शक्तिशाली बम जडान गरी कार चालकले आत्मघाती रुपमा विस्फोट गराएको हो ।

मुसलमान समूदायको महान पर्व रमादानको अन्त्यमा हुने उत्सवको लागि धेरै सर्वसाधारण व्यक्ति किनमेलका लागि व्यस्त भएको स्थानलाई लक्ष्य गरेर सडकमा सो विस्फोटन गराइएको थियो ।

यस कारबम आक्रमणको इस्लामिक स्टेट् (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको छ । उक्त संगठनले एक विज्ञप्ति प्रकाशित गरी आइतबारै त्यसको जिम्मा लिएको छ ।

इराकमा आइएस आतङ्ककारी समूहले बारम्बार सिया मुसलमान समूहलाई लक्ष्यगरी आक्रमण गर्दै आएको पाइन्छ । बग्दाद र इराकभरी नै यस्ता आक्रमण बारम्बार हुने गरेका छन् ।

इराकी प्रधानमन्त्री हैदर अल अबादीले देशबासीका नाममा सम्बोधन गर्दै सोमबार देशव्यापी शोकको घोषणा गर्नुभएको हो । उनले यस शोकको घडीमा आफू अत्यन्तै दुःखी र स्तब्ध भएको बताएका छन् ।

साथै, प्रधानमन्त्री हादीले आफूले ती हत्यारालाई कानुनी कारबाहीको दायरामा जसरी पनि ल्याएरै छोड्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

इराकको फल्लुजा सहर आइएस लडाकू समूहबाट पूर्ण रुपमा इराकी बलले नियन्त्रणमा लिएको एक हप्तापछि यो भीषण आक्रमण भएको बताइएको छ । फल्लुजा इराकको राजधानी बग्दादबाट ५० किलोमिटर पश्चिममा पर्दछ ।

इराकका सरकार विरोधी लडाकूहरुले सन् २०१४ को सुरुबाट नै इराकको फल्लुजा सहर कब्जा गर्दै आएका थिए । फल्लुजा सहर आइएस आतङ्ककारी समूहको एक बलियो प्रभाव रहेको सहरको रुपमा रहेको थियो ।

इराकी सुरक्षाबलले गत मे महिनाबाट सो सहर पुनः नियन्त्रणको लागि सुरु गरेको कारबाहीपछि गत हप्ता सुरक्षाबलले नियन्त्रणमा लिएको थियो ।

प्रधानमन्त्री हैदरले राजधानी बग्दादको सुरक्षा व्यवस्थामा आमूल परिवर्तन गरिने जानकारी दिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.