संवैधानिक संकट र वकिलहरुको

संवैधानिक संकट र वकिलहरुको

नेपालमा कुनै न कुनै किसिमको संकट विद्यमान छ, विगत केही वर्षयता, खासगरी संक्रमणीय राजनीतिमा । राजनीतिक अस्थिरता, परिचालित राजनीति र नेता, ओरालोलाग्दो अर्थतन्त्र आदि यो अवधिमा मुलुकका भोगाइ हुन् । तर हरेक संकट अघिल्लोभन्दा बढी गम्भीर देखिनु अनि नेतृत्वको हैसियत तथा उनीहरूमाथि जनताको विश्वास न्यून बन्दै जानु मुलुकको लागि शुभसंकेत छैन ।

विगतका सञ्चित राजनीतिक संकटसँगै अहिले संवैधानिक संकट थपिएको छ । माओवादीले आफूसमेत रहेको सत्ता गठबन्धनबाट समर्थन फिर्ता लिँदै पुष्पकमल दाहाल स्वयं प्रधानमन्त्री वा दाबेदार बनेपछि अब मुलुकको नजर संसद् र राजनीतिक नेतृत्वमा मात्र हैन, मुलुकका तीन महत्त्वपूर्ण पदमा आसीन नेतृत्व (संयोगले सबैमा महिला छन्) दौडिन थालेको छ । अबका दिनमा विवाद र संवैधानिक संकटको सम्बोधन गर्न सभामुख ओनसरी घर्तीसँगै राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी र अन्तिम चरणतिर प्रधानन्यायाधीश सुशील कार्कीको समेत भूमिका हुनेछ ।

विवेक, कानुन, नैतिकता, धर्म, संविधान, परम्परा या पूर्वदृष्टान्त यी सबैप्रति सन्तुलित सम्मान कसरी देखाउलान् निर्णयका क्रममा, त्यो पनि महत्त्वपूर्ण हुनेछ ।

संवैधानिक संकटलाई संविधानमार्फत कसरी सम्बोधन गर्ने ? त्यसको लागि सम्बन्धित नेतृत्वमा संविधान र कानुन, त्यससम्बन्धी नजिर र पूर्व दृष्टान्तहरूबारे उनीहरूले जानकारी राख्नु जरुरी छ । त्यस अर्थमा प्रधानमन्त्री र राष्ट्रपति, सभामुख अनि वैकल्पिक सरकारको अभ्यासमा लागेका माओवादी र नेपाली कांग्रेसले समेत संविधानका ज्ञाताहरूसँग परामर्श थालेका छन् या थाल्नेछन् ।

 

त्यसैले यसमा अधिवक्ता या कानुनका व्याख्याताहरूले धर्म नछोडी अर्थात् उनीहरूले दलको कोट लगाएर हैन कि एउटा सुसूचित विज्ञका रूपमा कानुनको अक्षर र आशयको व्याख्या गरिदिए भने संवैधानिक संकटलाई सम्बोधन गर्न बढी सहज हुने थियो । तर दुर्भाग्य, अधिकांश कानुनविद्हरूले दलकै कोट लगाएको देखिएको छ, परामर्शको यो प्रारम्भिक चरणमा ।

सदनभित्रबाट संविधान र संविधानवादका मूल्यमाथि आयात पुगेका अनेकौँ उदाहरण छन् । अहिले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा राजनीतिक या दलीय आबद्धताअनुसार राष्ट्रपति र सभामुखमाथि आक्रमण (र समर्थन पनि) को सिलसिला सुरु भइसकेको छ ।

अधिवक्ताहरूले कानुनको व्याख्यासँगै न्यायको लागि हुनुपर्ने के ? त्यसबारे दलीय ओडारबाट बाहिर आई स्पष्टसँग बचाइदिए भने सम्भवतः संवैधानिक संकट टार्न त्यति कठिन हुने छैन । कानुनले न्याय सुनिश्चित गर्ला कि नगर्ला संविधान र संविधानवादप्रति ? नैतिकताको स्थान कहाँ हुन्छ त्यो प्रक्रियामा ?

सामान्यतया एउटा सरकार जाँदा अथवा त्यसले सदनमा बहुमत गुमाउँदा उत्पन्न हुने रिक्तता त भरिनै पर्छ । तर किन त्यसमा पनि फरक मत आउन थाले विज्ञहरूको, त्यो पनि विश्वकै उत्कृष्ट भनिएको संविधान जारी भएपछि ? यो त्रुटि र विवादका लागि त्यो संविधान जसरी पनि त्यही रूपमा र त्यहीबेला ल्याउनुपर्ने साझा अडान लिएका एमाले, कांग्रेस र माओवादी समान रूपमा दोषी मानिनुपर्छ ।

०४७ को संविधानमा यी विवाद र विरोधाभास नहुनुको पछाडि एउटै कारण थियो, संविधान निर्माणको जिम्मा र नेतृत्व लिएकाहरूमा विवेक, चरित्र, प्रतिबद्धता र जिम्मेवारी पूरा गर्ने क्षमता थियो । त्यसैले त्यहाँ विवाद जन्मिएन, एउटा सरकार हटेपछि अर्को बन्न सक्छ कि सक्दैन भन्नेबारे ।

संकटले विकराल रूप लिँदै गएको यो अवस्थामा कमसेकम अधिवक्ताहरूले यसलाई ‘लेनदेन' को विषय नबनाउन र संविधानवादको पक्षमा सोचून्, धेरै हदसम्म सहज बनाउनेछ संविधान ।

पहिलो दुई चरणमा विवाद उत्पन्न भएपछि त्यो मामिला सर्वोच्चमा जाने नै छ । तर मौलिक विषय र मान्यतामा विज्ञहरूबीच समझदारी बनेमा सर्वोच्चले भविष्यको लागि उचित नजिरसमेत पेस गर्न सक्नेछ, संविधान र विवेकसम्मत फैसलाबाट ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.