विश्वशान्तिको कामनासहित राष्ट्रपतिलाई ‘राखी’
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा बिहीबार राखी बाँधेकी छन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाण्डौँका निर्देशक ब्रह्माकुमारी राज दिदीले वैदिक परम्पराअनुसार राष्ट्रपति भवन, शीतलनिवासमा सम्पूर्ण नेपालीको सुख, शान्ति र समग्र विश्वशान्तिको कामनासहित पवित्रताको सूचक ‘राखी’ बाँधिदिएकी हुन् ।
यसैगरी, पण्डित खेमचन्द्र ढकालले पनि सम्पूर्ण नेपालीको दीर्घायु र ऐश्वर्यको कामनासहित राष्ट्रपतिलाई रक्षावन्धन बाँधिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस !
४