काँठको सुन्दर काठमाडौं (फोटो फिचर)

काठमाडौं: सुन्नासाथ मनमा एउटा दृश्य बन्छ, प्रदूषण र भीडभाडको । तर, काठमाडौं केवल त्यतिमात्र होइन । कंक्रिटको यो सहर छोडेर एक घन्टामात्रै यात्रा गरे पनि काठमाडौंको फरक दृश्य देखिन्छ ।
लमतन्न फाँटहरूमा अहिले पनि धान लहलहाइरहेको छ । हिँउदमा हुस्सुले ढाकेको तोरीबारी उस्तै मादक देखिन्छ । ढल बगेको काठमाडौं केही किलोमिटर पर सुन्दरीजलमा कलकल झर्दै बग्छ ।
कीर्तिपुरबाट देखिएको दृश्य ।
धेरै टाढा पुग्नै पर्दैन, चोभारको गल्छी काट्न नपाउँदै अलि भिन्नै सास फेर्न पाइन्छ । चन्द्रागिरि त धेरै माथिको कुरा भो, टौदहमाथिको बोसनडाँडा पुग्दामात्रै पनि बोध हुन्छ- बडामहाराज उपत्यका देखेर किन लोभिए भनेर ।
चल्तीको भाषामा काँठ भनिने उपत्यकाका यी किनारका बस्तीहरू भूमाफिया र जग्गा दलालको 'प्लटिङ'बाट बचाउन सके उपत्यकाको बचेखुचेको लाज ढाक्न सकिन्छ । सहरको यो 'मुटु'को कोलाहलले तातेको मथिंगललाई कहिलेकाहीँ यसो डुल्दै जाँदा चिस्याउन सकिन्छ ।
भैसेपाटी तथा खोकनाको दृश्य
चोभारबाट देखिएको भैसेपाटीको दृश्य
चोभार
प्रतिक्रिया दिनुहोस !
