निबन्ध: मसानपुरको बयान

निबन्ध: मसानपुरको बयान

'ॐ भूर्भुव स्वः ।
तत् सवितुर्वरेण्यं ।
भर्गो देवस्य धीमहि ।
धियो यो नः प्रचोदयात् ।'

गल्लीभरि भुकेका जँड्याहा कुकुरले बिथोलिदिएको रातको निद्राको क्षतिपूर्ति यो बिहानीमा मागूँजस्तो लागेको थियो तर मसानपुरले दिएन । हिजो जहाँ मेरो लासजस्तै चिज जलिरहेको थियो आजको बिहान गायत्री मन्त्र र कडा अगरबत्तीको सुगन्ध आइरहेको छ त्यहाँबाट । यो संक्रमणको प्रहर, ब्रह्मनालमा सुताइएको एउटा लासजस्तै 'देश'को कथा भन्न मन लागेको छ । भनूँ ?

डियर रिडर्स, डु यु नो ? अघिल्लो वर्ष म मरेको भए आजकै दिन वार्षिकी भएको हुने थियो । जुन मेरो सयौंपटकको असफल आत्महत्या प्रयास पनि थियो !

म नमरेको स्पष्टीकरणः मैले आफूलाई मार्ने आँट एकगठ्ठा गर्न सकिनँ । सक्दै सकिनँ । 'जाबो मर्न पनि डराउने कायर' भनेकी हौली तिम्ले । अझ, सिल्भियाले यो कायरपनको भेउ पाएको भए भन्दी हो, 'हेर लेखक मैले जस्तो आँट गर्न सक्नुपर्छ मृत्युको मामिलामा ।' हुन त सिल्भियाले सुसाइड नोट मेरै नाममा खामबन्दी गरेर पठाएकी त थिई, जुन दिन म मृत्युवरण गर्न ठिक्क परेको थिएँ । तर, प्रिय सिल्भिया, मलाई माफ गर, मृत्युप्रसाद ग्रहण गर्न सकिनँ । म एक कायर हुँ ।

०००

जेम्स् जोयसको अब्बल सन्तान 'युलिसिस'का पात्रले घेरिरहेको मलाई किनकिन 'द व्ये अफ अल फ्लेस' भन्दा पनि सामुअल बटलरलाई दिमागबाट निकाल्नै मुस्किल भो ।

(फिक्सन डिजाइनर नगरकोटी ब्रो, निर्मलकुमार र मसँगै छौं, उनको कृष्ण मन्दिर छेउको क्याफेमा कफी सुर्काउँदै । उनको 'घाटमाण्डु'मा होइन । खासमा, मेरो मसानपुरमा छौं यति बेला । ब्रोले ड्रिंकसित डिभोर्स पत्रमा हस्ताक्षर गरेछन् कमिटमेन्टको कठघरामा उभिएर । क्या झुर भो ब्रो । अब, चुरोटको जीवन जिउने अँध्यारो (हाम्रो लागि उज्यालो) संसारमा भयौं । अँ, सरकारले सित्तैमा बाँडेको 'मृत्युप्रसाद' खाएर हिजोमात्रै त हो मसानपुर छेउ हामी जलेको । त्यो पनि फिक्सनको आगोमा, नन–फिक्सनको होइन । मसानपुरको नयाँ क्रिम्याटोरियममा, डेरिडा पछिपछि आउँदै थियो साथ दिन । हामी टाप कस्यौं उसलाई नपर्खिएरै ।)

सारा क्राउनको हाँसोले छेउको टेबलमा बसेर प्रेमलाप गरिरहेको अल्वेयर कामुको जोडी तर्सियो । अल्लिपल्तिर बसेर काल्सवर्ग सुइँक्याइरहेको हारुकी मुराकामीको जोडी पनि तर्सियो उसैगरी । डिकिन्सन भने बेप्रवाह हाँसो बोक्काइरही, चुरोटको सर्को तान्नै बिर्सिएर । कफीको चुस्की लिनै बिर्सिएर ।
अल्लि बेरपछि हाँस्नै पनि बिर्सिई र रुन थाली डाँको छोडेर ।
म भने हाँसेँ ।

०००

डिकिन्सन फन्किइ– 'ह्वाट् द हेल आर यु डुइङ ? '
मानौं, म भोजप्रेमी सरकार हँ, जसले नाकाबन्दी पीडित र भूकम्पपीडित जनतालाई भोकै राखेर आपूm मोज गरिरहेको छ राज्यकोषमाथि । तिनै जनताले तिरेको करमाथि 'उल्फाको धन, फुपूको सराद्दे' गर्न आइपुगेको छ, कसैले रिमोट थिचेको भरमा भझ्याप्प निभ्ने यन्त्रजस्तो सरकार ।

निरोलाई सम्झिएँ र सम्झिएँ, फ्रान्सेली राज्यक्रान्ति हुनुपूर्वका लुई चौधौंलाई । अब फरक छुट्याउनुहोस् त– लुइ चौधौं, निरो र हाम्रा नयाँ पीएमबीच ? (लफिङ ब्रेक !) अनि फरक छुट्याउनहोस् भर्सिलिज दरबार र सिंहदरबार वा बालुवाटार दरबारबीच ? हामी बाँचेको युग एक्काइसौं शताब्दी रे ! योभन्दा महान् ठट्टा अरू के हुनसक्छ ?

मसानपुर घाट । नकचरो देश । पचास वर्ष भो ७.६ रिच्चर म्याग्नेच्युड स्केलको भुइँचालो गएको ! बारपाक होइन, मारपाक केन्द्रबिन्दु भएर ८७९० जनाको ज्यान गएको थियो । त्यो देश पनि नेपालजस्तै देश हो क्यार ! होइन 'नयाँ नेपाल' रे, सिल्भियाले भनेकी ! समाचार पढेको, 'त्यहाँको सरकारका मन्त्री र प्रधानमन्त्री लाखौंको खाटमा सुत्दैनन् रे । भूकम्पपीडितको नाममा आएको चामलको जाँड बनाएर पनि खाँदैनन् रे, मज्जाले कीरा पारेर कुहाएर पनि फाल्दैनन् रे ।'

जहर र कहर दुवै भरिएको आँखाबाट एक थोपा आँसु पनि खस्यो– तप्प । हत्केलामा थापेँ र चाखेँ भूमध्यसागरको पानीभन्दा पनि ३५ प्रतिशत बढी नुनिलो । सम्झेँ, हुम्लाका बासिन्दालाई । नुन कत्तिको महँगो छ कुन्नि, सरकार ?
फेब्रुअरी ११ । सिल्भिया प्ल्याथले हात्महत्या गरेको दिन । सन् १९६३ मा उसले आत्महत्या गरेकी थिई, हिटलरलेझैं आमहत्या होइन ।

- फेब्रुअरी ११ । सिल्भिया प्ल्याथले हात्महत्या गरेको दिन । सन् १९६३ मा उसले आत्महत्या गरेकी थिई, हिटलरले झैं आमहत्या होइन । फरक के छ यी दुईबीच ?

फरक के छ यी दुईबीच ? किन पश्चिमा पोएटिक्स् संस्कृतिलाई उसको मृत्युले आज पनि हल्लाइरहेको छ उत्तिकै ? १०० वर्षअघि । पशुपतिप्रसादको भेषधारी खगेन्द्र ब्रोजस्तै देखिने एक जीव यही मसानपुर तटमा दौडिरहेझैं लाग्थ्यो पोहोरभन्दा अल्लि पहिले । र, उक्त जीवलाई उँधोमुन्टे क्यामेराले खेदिरहेको थियो ! उनले बागमतीको पानीमा खोजेको जीवन र सभ्यताको मोलको लेखाजोखा यो 'मसानपुर'ले गर्ला कि नगर्ला ?

'लभ इन द टाइम अफ कलेरा'बीच ग्याव्रियल गार्सिया मार्खेजको धारिलो सम्झनाले रेट्यो । जेम्स जोयसका युलिसिसका सन्तानजन्य लियोपोल्ड ब्लुम र स्टेफेन डेडालसले झन्डै मेरो घाँटी थिचेका थिए, मसानपुरमा । 'वार एन्ड पिस' बल्लबल्ल पनि नटुंग्याएर थन्क्याएको ठेलीबाट निस्केर आएका सोन्या, नतरा रोस्टोभा, मिस्टिका र पेरी बेजुकोभसँग त्रिशूलीमा खुब र्‌याफ्टिङ गरियो । भोटेकोसीमा बन्जी जम्प हान्नै लाग्दा डिकिन्सनले रोकी । तर, मैले मृत्युपत्रमा अन्तिम हस्ताक्षर गरिसकेको थिएँ ।

'विश्वका अर्बपतिले आफ्नो ९८ प्रतिशत सम्पत्ति नै लोककल्याणका लागि दान गर्न थालिसके । नेपालका गरिब देशका धनी नेताहरू देश लुटेर त्यही सम्पत्ति थुपार्न लागेका छन् रे ।' मलाई मार्गेट सरउडले भनेकी । यस्तो अन्तर्राष्ट्रिय ख्याति कमाएकोमा– 'कंग्य्राचुलेसन्स् पीएम ।'

एक्लै सिंगापुर बनाउने नेता ली क्वान युको नाम सुनेकै हौला, कमरेड । सुनेको मात्रै भए उनलाई राम्रोसँग पढ्ने साहस गर एकपटक । १९६५ यताको छोटो समयमा कसरी एकै व्यक्तिको पहलमा बन्न सक्यो त सिंगापुर, हँ ? अनि, त्यही अवधिमा कसरी मगन्ते बनायौ यो देशलाई तिमीहरूले ? कसरी बिगार्‌यौ नेपाल ? कसरी बनायौ नेपाललाई निचोरेको कागतीको छोक्रा ? क्या बात् । अल्बर्ट कामुको सिसिफसले पनि लाजले मुख छोपेको थियो । मार्क लिट्टीजस्तै देखिने एक भद्र व्यक्तिले तिम्रो नाममा एक पेग तुरेका थिए ।

गुरुत्वाकर्षण तरंग पत्ता लगाए वैज्ञानिकले । आइन्सटाइनले १०० वर्षभन्दा अघि भनेका कुरा । मंगल ग्रहमा पानी छ भन्ने पनि नेपाली लुजेन्द्र ओझा नै हुन् क्यार । धन्य हाम्रो फेरिएको नयाँ नेपालको नयाँ सरकारले एक वर्षभित्र आणविक भट्टी सञ्चालन गरी विद्युत् निकाल्छौं भन्दैन । एक वर्षभित्र नेपालको अर्थतन्त्र चीनको भन्दा दोब्बर हुनेछ भन्दैन ।

भूकम्पपीडितको गाँस काटेर खाने सरकार, तिम्रो जय होस् । काजी भीम मल्लकी पत्नीले सती जाँदा भनेको वचनको आधुनिक तर रिभाइज्ड भर्सन – सिंहदरबार र बालुवाटार दरबारमा बस्नेको सधैं जय होस् !

चुरोटको धुवाँ गोलगोल पार्दै इमिली र सिल्भिया हाँसे । मलाई आफ्नो देशलाई उडाएको अलिकति झोंक पनि चल्यो । बम्किएँ, 'के ठानेका छौ नेपाललाई ? अब संसारका भ्रष्ट मुलुकको अग्रपंक्तिमा आउँदैछ, अबको एक वर्षमा ।' मलाई हाँसो कत्ति पनि लागेन, लाग्यो त सिर्फ काँसो । डाक्टरले सिफारिस गरेको ओखती किनेर पनि खान पाएको थिइनँ । अनि चोसो पसारेर बसेँ । मनमनै जपेँ– नेक्रोफेलियक मसानपुर !

'द ग्रेट ग्याट्स्वी'बाट फुत्त बाहिरिएको निक क्याराव्ये र डेजी बुखानन्सँग हिटलरको नाममा एउटा पत्र भेजेको थिएँ, हात परेछ । हिटलर, मुसोलिनी, गान्धीजी र हाम्रा बुद्ध एकसाथ मेरो कौसीमा बसेर चंगा उडाएको अस्ति भर्खरै त हो ! डिकिन्सन, मोदीलाई एक सन्देश भेजेर भनिदेऊ कि आऊ, बुद्धलाई सोधेर जाऊ– उनी जन्मेको कहाँ हो रैछ ?
स्टेफेन हकिङले पठाएको 'ब्ल्याक लेन्स एन्ड बेबी युनिभर्सेज' पढेर सकाएँ ।

ब्ल्याक होलले विश्वलाई पुग्ने १० मिलियन मेगावाट विद्युत्को स्रोत बन्न सक्ने बताएका थिए । म मैन बालेर कौसीबाट यो चिसो चिहानजस्तो 'मृत–मान्छेमान्डु'को घाट हेरिरहेको छु । एक तिहाइ भाग जतिमा होला बत्तीका मसिना चिम जूनकीरीझैं पिल्पिलाइरहेका । प्रचण्ड ब्रोले पक्कै पनि यो मसानपुरलाई नयाँ संस्करणका जोक्स् सुनाउनेछन् । भाँडमे जाए देश र जनता ! बाल मतलब ! कि कसो, सरकार ?
नैतिकता भन्ने चीज पनि हुन्छ र ?

-मृत्यु, सत्ता र धनले मान्छेलाई राजनीति गर्न सिकाउँदैनथ्यो भने...? जब यी तीन चिजले राजनीतिक रंग पाउँछन्, त्यसपछि युद्ध छेडिन्छ । हिटलर र मुसोलिनीको उदय केका लागि भयो त, होइन भने ?

के बाबा रामदेवले अभ्यास गरेको योग 'सफ्ट पावर'को राजनीति नभन्ने ? साँच्ची उनी नुडल्स र बिस्कुट चाहिँ किन बेच्छन्, हँ ? रविशंकरको जीवन बाँच्ने कला बृहत अनुकरणीय लाग्छ रे, सिल्भियालाई ।
'ह्वाट अ कन्ट्राडिक्सन ? '

सिल्भिया सुसाइड नोट लेख्नु झण्डै २ हप्ता अघि डिस्टर्व थिइ, 'सिप इन फग'ले भनेको मलाई ।

आफूलाई मार्नु अघि भान्साकोठाको झ्यालमा चिसो झाडन कोची र कार्बनडाइअक्साइड/कार्बन मोनोअक्साइडलाई अर्को कोठामा जानबाट रोकी, जहाँ उसका छोराछोरी सुतिरहेका थिए । सम्भवतः टेड ह्युजलाई पनि थाहा भएन, सिल्भियाले किन आफनो ज्यान लिई । मेरा मृत पात्रहरु मनुस्मृति र उपनिषदका पाना पल्टाऊ ।

जिसस क्राइस्टको ठेगाना बताइदिन जुडासले कति सिक्का घुस लिएको थियो ? नेपालमा त्यस्तो एउटा बुटी वृक्ष चाहियो, त्यसको हावाले नेतालाई एन्टिकरप्ट बनाओस् । अहिलेको ६०१ महाराजाले एउटा विचरो राजा किन फालेका रहेछन्, कसले बुझेका छैनन् ? मृत्यु, सत्ता र धनले मान्छेलाई राजनीति गर्न सिकाउँदैन थ्यो भने ..? जब यी तीन चिजले राजनीतिक रंग पाउँछन्, त्यसपछि युद्ध छेडिन्छ । हिटलर र मुसोलिनिको उदय के को लागि भयो त, होइन भने ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.