साउदीमा अलपत्र नेपालीको उद्धार

साउदीमा अलपत्र नेपालीको उद्धार

काठमाडौंः आकर्षक तलब र राम्रो काम लगाइदिने भन्दै साउदी अरब पुर्‍याइएका सातजना कामदारलाई प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ ।

कर्णाली मेनवापर नेपालगन्जमार्फत साउदीस्थित हासा इएल-डोस्री फोम साउदी नामक कम्पनीमा पठाइएका यी कामदारले तलब नपाएको र उल्टै यातना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखामा फोनमार्फत जानकारी गराएका थिए ।

महाशाखाको हटलाइनमा उनीहरूले तलब माग्न जाँदा पटकपटक कुटाइ खानुपरेको, काम नदिएको र खानबस्नसमेत समस्या भएकाले जीवनरक्षाका लागि गत साउन ८ मा अपिल गरेका थिए ।

महाशाखाका अनुसार उद्धार गरिएका नेपालीमा बर्दिया जमुनी सीतापुरका देवबहादुर कँडेल, मुगुका रनबहादुर रोकाया, नेपालगन्जका मोहम्मद आरुन खान, निसार खान, बर्दिया शिवपुरका खग्रेन्द्रनाथ योगी, बाँके मनिकापुरका लीलबहादुर रोक्का मगर र बाँके पुरौनाका मोहम्मद सबिर खान छन् । उनीहरूलाई साउदीस्थित नेपाली दूतावासको सहयोगमा महाशाखाले उद्धार गर्न सफल भएको जानकारी महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले दिए ।

महाशाखाका अनुसार तीन महिनाअगाडि मात्रै उनीहरू साउदी गएका थिए । ‘पैसा कमाउने अभिलाषा बोकेर गएका उनीहरूले धेरै दुःख र कष्ट व्यहोरेको सुनेपछि परराष्ट्र मन्त्रालयसँग समन्वय गरी उद्धार गरियो', एसएसपी खनालले भने । उद्धार गरिएका नेपाली कामदारले अझै पनि सयौं नेपालीले साउदीमा दुःख र कष्ट व्यहोर्दै आएको जानकारी प्रहरीलाई गराएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.