यौन दुर्व्यवहार भएको भन्दै सुरक्षा गार्ड आन्दोलित

यौन दुर्व्यवहार भएको भन्दै सुरक्षा गार्ड आन्दोलित

धरान ड्युटीमा बसेका महिला सुरक्षा गार्डमाथि सञ्चालकबाटै यौन दुर्व्यवहार भएको आरोप लगाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सुरक्षा गार्डहरू आन्दोलित भएका छन् ।

प्रतिष्ठानको सुरक्षाको ठेक्का पाएको केटीएम सेक्युरिटी प्रालीका अध्यक्ष रामेश्वर साह र कलाकार सन्तोष पन्तको टोलीले शनिबार महिला सुरक्षा गार्डमाथि यौन दुर्व्यवहार गरेको सुरक्षा गार्डको आरोप छ ।

प्रतिष्ठानका सुरक्षा गार्ड राजेश राईले महिला सुरक्षा गार्डमाथि यौन दुर्व्यवहार गर्ने साह र पन्तलाई कारवाही र प्रतिष्ठानले केटिएमसँगको ठेक्का सम्झौता खारेजीको माग गर्दै आन्दोलित भएको बताए ।

शनिबार बिहान २ बजे डिउटी चेकिङ गर्ने वाहानामा प्रतिष्ठानको महिला होस्टलमा प्रवेश गरेका केटीएम अध्यक्ष साह र कलाकार पन्तले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप महिला सुरक्षागार्ड सविता सुयालले लगाएकी छन् ।

उनले मादक पदार्थ सेवन गरी आएका दुवैजनाले आफ्ना संवेदनशील अंगमा हात हाली यौन दुर्व्यवहार गरेको ओरोप लगाएकी हुन् । अर्की सुरक्षागार्ड पवित्रा राईले पनि साहले डिउटी गरिहेको अवस्थामा अभद्र व्यवहार गरेको आरोप लगाएकी छन् ।

महिला सञ्जाल धरानकी अध्यक्ष शिला बर्जाचार्यले महिला सुरक्षा गार्डमाथि यौन दुर्व्यवहार गर्ने केटिएमका अध्यक्ष साह र कलाकार पन्तलाई कडा कारवाही नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

यौन दुर्व्यवहारको आरोप लागेका केटीएमका अध्यक्ष साहले शनिबार बिहान साडे दुई बजेको समयमा सुरक्षा चेक गर्दा १२ जना सुरक्षा गाड निदाएर बसेको अवस्थामा भेटिएपछि कारवाही हुने डरले आफूलाई यौन दुर्व्यवहारको आरोप लगाए ।

महिला सुरक्षा गार्डलाई यौन दुर्व्यवहार भएको विषयमा प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई फोन सम्पर्क गरी बुझ्न खोज्दा उनले फोन उठाएनन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.