रियल स्कुल अफ नेपालको फाइनल

रियल स्कुल अफ नेपालको फाइनल

काठमाडौं: रियल स्कुल अफ नेपाल २०१६ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । शुक्रबार डीएभी सुशील केडिया विश्व भारती स्कुलमा भएको उक्त कार्यक्रममार्फत नारायणघाटको सैनिक आवासीय महाविद्यालय रियल स्कुल अफ नेपाल २०१६ घोषित भएको छ ।

त्यस्तै ललितपुरको जेम्स विद्यालय र पोखराको मदरल्यान्ड उच्च माध्यमिक विद्यालय क्रमशः दोस्रो र तेस्रो विजयी विद्यालय घोषित भएको आयोजकले जनाएको छ । रियल स्कुल अफ नेपालका विजयी विद्यालयले एक लाख नगद पुरस्कार र विजयी विद्यालयका प्रत्येक सहभागी विद्यार्थीले ल्यापटप प्राप्त गरेका छन् ।

दोस्रो र तेस्रो आउने विद्यालयले क्रमशः नगद पुरस्कार ५० हजार र २५ हजार प्राप्त गरेका छन् भने सहभागी विद्यार्थीले क्रमशः पाँच हजार र तीन हजारका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै सिनियर समूहका क्रियाकलापअन्तर्गत एक्सटेम्पोरमा अरनिको उच्च माध्यमिक विद्यालयका गुञ्जन अग्रवाल विजयी भएका छन् ।

डान्समा चिल्ड्रेन इन्भारोमेन्ट स्कुलका आनन्द कँडेल र फुटबल जगलिङतर्फ डल्लु आवासीय विद्यालय बिक्की महर्जन विजयी भएका छन् । जुनियर समूहअन्तर्गत पेन्टिङमा मदरल्यान्ड उच्च माध्यमिक विद्यालयका अल्भिना थापा, थ्री मिनेट टु फेममा सैनिक आवासीय महाविद्यालयका शिशिर श्रेष्ठ र स्कोर द रियल गोलमा प्यारामाउन्ट इङलिस बोर्डिङ उच्च माध्यमिक विद्यालयका अंकित रसकोटी विजयी भएको आयोजकले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.