पहिरोको जोखिममा रहेका तीस घरधुरीलाई सुरक्षित स्थानमा सारियो

पहिरोको जोखिममा रहेका तीस घरधुरीलाई सुरक्षित स्थानमा सारियो

बाबियाचौर: चारैतिर पहिरोले घेरिएको म्याग्दीको बेग गाविस–१ बाँसबोट र २ लिस्ने गाउँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

पहिरोको उच्च जोखिममा रहेका ३० घरपरिवारलाई बेगस्थित आफन्तको घर, सामुदायिक भवन र महादेव माविमा सारिएको हो।

करिब १५ दिनदेखिको निरन्तरको पहिरोका कारण जोखिममा परेको दुईवटा बस्तीका बासिन्दालाई शनिबार सुरक्षित स्थानमा सारिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति लेखबहादुर हमालले जानकारी दिए।

रेडक्रसकर्मी, युवा विद्यार्थीको स्वयम्सेवकसँगै प्रहरी टोलीले जोखिममा रहेका घरका सामान निकालेर सुरक्षित ठाउँमा ओसार्न सहयोग गरेका थिए।

पहिरोले स्थानीय ३७ घरधुरी जोखिममा रहेका छन् । प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै बास्बोट र लिस्ने जोड्ने लिस्नेखोला झोलुङ्गे पुल अत्यन्त जीर्ण बनेकाले आवतजावतमा पनि समस्या भएको बताए। 

पुलबाट आवतजावत गर्न समस्या भएपछि काठ राखेर अस्थायी रुपमा वारपार गर्ने गरिएको छ । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले विस्थापितलाई आवश्यक कम्बल, त्रिपाल र खाद्यान्न सामग्रीको व्यवस्था गरेको छ । पहिरोको कम जोखिममा रहेका घरधुरी भने घर छाड्न नमानेर बसेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.