सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.६ म्याग्नेच्यूटको पराकम्प
सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको पाङफुङ र पाङताङ नजिकै केन्द्रविन्दु बनाएर आइतबार राति भूकम्प गएको छ ।
उक्त भूकम्प नयाँ भूकम्प नभई गोरखा बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राति १० बजे ५७ मीनेट जाँदा ४.६ म्याग्नेच्यूटको पराकम्प गएको मापन केन्द्रले जनाएको छ ।
गोरखा बारपाकमा गएको भूकम्पपछि अहिलेसम्म चार म्याग्नेच्यूटभन्दा बढीको क्षमताका चार सय ६८ वटा पराकम्प गएको मापन केन्द्रले जनाएको छ ।