२१ रुपैयाँमा वर्ल्डलिंकको इन्टरनेट सेवा

२१ रुपैयाँमा  वर्ल्डलिंकको इन्टरनेट सेवा

काठमाडौः वर्ल्डलिंक कम्युनिकेसन्सले २१औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ । कम्पनीले आफ्नो २१औं वार्षिकोत्सव अवसरमा यस्तो योजना ल्याएको हो ।

आइतबार कम्पनीले २१औं वार्षिकोत्सव अवसरमा विभिन्न कार्यक्रमको पनि आयेजना गरेको थियो । कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै पाँच एमबीपीएस गतिमा इन्टरनेट उपलब्ध गराउने छ ।

यही शुल्कमा ग्राहकले जडान गर्ने स्थानसम्म चाहिने फाइबर केबल, वाइफाइ राउटर र इन्टरनेट प्रोटोकल (आईपी) टीभी सेटअप बक्स निःशुल्क पाउनेछन् । त्यस्तै एक वर्षको इन्टरनेट शुल्क तिर्ने ग्राहकले तीन महिनासम्म आईपी टीभी निःशुल्क हेर्न पाउने कम्पनीले जनाएको छ ।

वाइफाइ राउटर लिन चाहने ग्राहकले तीन हजार रुपैयाँ धरौटी राख्नुपर्छ । आईपी टीभी नेपालमा पछिल्लो पटक भित्रिएको नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेट फाइबरकै माध्यमबाट टीभी हेर्न पाउँछन् ।

यस्तो प्रविधिबाट प्रसारण हुने टीभीमा ग्राहकले एक साताअगाडिको कार्यक्रमसमेत हेर्न सकिने जालानले जानकारी दिए । वार्षिकोत्सवका अवसरमा कम्पनीले आइतबार जाउलाखेलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा दुई सयजनाले रक्तदान गरेका छन् । कम्पनीले यसै अवसरमा विभिन्न स्थानमा रहेका अपांगता भएका व्यक्तिलाई खानेकुरा वितरण गर्नेसमेत जनाएको छ । कम्पनीले ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयमा वाइफाइ हटस्पट स्थापना गर्ने निर्णयसमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.