मलेसियामा बचत अभियान

मलेसियामा बचत अभियान

क्वालालम्पुर: रोजगारीका लागि मलेसिया आएका नेपालीको बचत गर्ने बानी विकास गर्न बचत अभियान थालिएको छ । नेपालका केही सहकारी संस्थाको संयोजनमा यो अभियान सुरु गरिएको हो । मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबार एक कार्यक्रम आयोजना गरी बचत अभियान सुरु गरिएको छ ।

कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डा.निरन्जनमान सिंह बस्न्यातले बचत कार्यक्रमले विदेशबाट फर्किएका नेपालीलाई देशमा स्वरोजगार हुन महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

सहकारी र वित्तीय संस्थामा रकम बचत गराउन एक्सेस एड्भाइजरी नामक संस्थाले प्राविधिक सहयोग गर्ने भएको छ । पहिलो चरणमा झापाको नेपाल वहुउद्देश्यीय सहकारी संस्था, साहारा नेपाल, सुनसरीको फरवार्ड नेपाल र नवलपरासीको बिकु सहकारीले मलेसियामा रहेका नेपालीको रकम बचत गर्ने भएका छन् ।

मुक्तिनाथ विकास बैंकलेसमेत यसमा सहयोग गर्ने जानकारी दिएको छ । नागरिक लगानी कोषका कर्मचारी छबिरमण अधिकारीले लगानी गर्न चाहने नेपालीको रकम नागरिक लगानी कोषले व्यवस्थापन गर्ने जानकारी दिए ।

नेप्सकुनकी कर्मचारी रश्मी वस्ताकोटीले सुरुमा चारवटा सहकारीबाट काम थालिए पनि विस्तारै अन्य सहकारीलाई पनि सहभागी गराइने जानकारी दिइन् ।

रोजगारीका लागि मलेसिया र खाडी मुलुक गएका नेपालीमा रकम बचत गर्ने बानी बसाल्न नसक्दा पैसा अनावश्यक क्षेत्रमा खर्च भइरहेको निष्कर्षसहित यो अभियान थालिएको हो । मलेसियामा एक्सेसले श्रमिकलाई बचत सम्बन्धी तालिम दिने जनाएको छ । नेपालीलाई संगठित गर्ने र रेमिटेन्समा श्रमिकको पहुँच बढाउने कार्यमा पनि आफ्नो संस्थाले सहयोग पुर्‌याउने एक्सेसका कन्ट्री म्यानेजर अभय सिंहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.