तीन महिनाभित्र औषधि उत्पादन सुरु हुने

तीन महिनाभित्र औषधि उत्पादन सुरु हुने

काठमाडौं: हाल उत्पादन बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडलाई सरकारले पुनः सञ्चालन गरी औषधि उत्पादन गर्ने तयारी गरेको छ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले सोमाबर लिमिटेडमा रहेका उपकरण र पूर्वाधारको निरीक्षण गरी तीन महिनाभित्र पहिलो चरणमा आठ प्रकारका औषधि उत्पादन गरिने जानकारी दिए। निरीक्षणपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उनले लिमिटेड पुनः सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे। उनले भने,'भौतिक र प्राविधिक पक्षको सुधार गरेर तीन महिनाभित्र कच्चापदार्थ ल्याउछौ, त्यसपछि उत्पादन गर्छौं ।'

हाल सरकारले अतिआश्यक ७० प्रकारका औषधि विभिन्न कम्पनीबाट किनेर निःशुल्क वितरण गरिरहेको छ। मन्त्री जोशीले ती औषधि उत्पादन गर्न सके लिमिटेड दिगो हुने बताउँदै निजी क्षेत्रलाई असर नपार्ने गरी बाहिरभन्दा बढी गुणस्तरीय र कम मूल्यमा उत्पादन गर्न सक्ने क्षमता रहेको बताए। लिमिटेड पूर्ण क्षमतामा सञ्चालन हुन केही समय लाग्ने भएकाले नयाँ उपकरण ल्याउँदै उत्पादन थप्दै जाने र एक वर्षसम्ममा ४८ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए।

मन्त्री जोशीले औषधि लिमिटेड मात्र नभई बन्द भएका अन्य सार्वजनिक उद्योग पनि सञ्चालनका लागि पहल गरिहेको जानकारी दिए। मन्त्रालयले औषधि लिमिटेड सञ्चालनमा निजी क्षेत्रलाई २० देखि ३३ प्रतिशतसम्म सेयर दिने तयारी गरेको छ।

लिमिटेडका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले मुलुक र लिमिटेडका कर्मचारीका लागि उत्पादन सुरु गर्नु अपरिहार्य रहेको बताउँदै निकट भविष्यमा उत्पादन सुरु हुने बताए।'सरकारले यसमा विशेष चासो देखाएकाले कच्चापदार्थका लागि इजाजत पाउनासाथ १५ दिनमै उत्पादन सुरु गर्न सक्छाैं, सबै उपकरण चालु हालतमा छ,'उनले भने।

विसं २०२९ असोज १ गते स्थापना भएको औषधि लिमिटेडले कुनै बेला १२५ प्रकार औषधि उत्पादन गर्दथ्यो। आर्थिक वर्ष २०६७÷६८ बाट लिमिटेडको उत्पादन पूर्ण रुपमा बन्द छ । हाल ९६ जना कर्मचारी रहेको लिमिटेडले गत असारमा मात्र १२२ जना कर्मचारीलाई स्वेच्छिक अवकाशमार्फत बिदा गरेको थियो। सरकारले यसका लागि रु २८ करोड ५८ लाख बजेट दिएको थियो।

लिमिटेडका निमित्त महाप्रबन्धक रमेशकुमार महतो प्रजातन्त्रको पुनः स्थापनापछि सरकारले अपनाएको आर्थिक उदारीकरण र निजीकरणपछि लिमिटेड धराशायी हुँदै गएको बताए। 'राजनीतिक उथलपुथलले काम गर्ने वतावरण भएन, यसमा सरकारको उचित ध्यान पनि पुग्न सकेन,'उनले भने। लिमिटेडले हाल गिलिसिरिन र डिस्टिलर वाटर मात्र उत्पादन गरिरहेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.