सिन्धुपाल्चोकमा पहिरोमा पुरिँएर एकै घरका तीन जनाको मृत्यु

सिन्धुपाल्चोकमा पहिरोमा पुरिँएर एकै घरका तीन जनाको मृत्यु

बाह्रबिसेः सिन्धुपाल्चोकको पूर्वी भेगको राम्चे– ७, पुरानागाउँमा मध्यरातमा गएको पहिराले भूकम्पपछि बनाइएको टहरो पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ।

शनिबार बिहान करिव साढे दुई बजे करिब ५० मिटरमाथिबाट खसेको पहिरोले दुईवटा टहरा पुरिँदा चन्द्रकान्त तिमिल्सिनासहित उनका दुई छोरा र एक बुहारीको मृत्यु भएको हो। पहिरोले पुरिँदा चन्द्रकान्तका छोरा ३५ वर्षीय रामकुमार तिमिल्सिना, २५ वर्षीय उद्धव तिमिल्सिना र उद्धवकी श्रीमती सम्झना तिमिल्सिनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार पहिरोमा फसेका चन्द्रकान्त र उनकी जेठी बुहारी कमला तिमिल्सिनाको उद्धार गरिएको छ। घाइते उनीहरुको सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ। घटनापछि रामकुमारको शव करिब चार बजे प्रहरी टोली पुगेर निकालिएपनि उद्धव र सम्झनाको शव १० बजे मात्र उद्धार भएको थियो। पहिरोले टहरा पुरै पुरेकाले शव निकाल्न समय लागेको प्रहरीले जनाएको छ। ओक्षानमा सुतिरहेकै अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए।

‘शव उत्खनन् गर्दा देखिए अनुसार एक्कासी पहिरो आएकाले मृतकले भाग्ने अवसर नै पाएनन्’,पाण्डेले भने,‘जुन अबस्थामा सुतेका थिए शव त्यही अवस्थामा थियो।’ बाह्रबिसेबाट एक घण्टा पैदल दूरीमा पर्ने पुराना गाउँमा भूकम्पपछि चन्द्रकान्त परिवार टहरो बनाएर बस्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.