लासको बिस्कुुन

 लासको बिस्कुुन

सजाएर राखिएको छ लहरै
लासको बिस्कुुन
बिल्कुुल त्यसरी नै
जसरी सजाएर राखिन्छन् सोकेसमा
‘टोकन अफ लभ’हरू
जसरी सजाएर राखिन्छन् बारमा
हार लगाएर रक्सीका बोतलहरू
जसरी भाँती पुुर्या‍एर सजाइन्छन् भित्तामा
खुुसीका तक्माहरू
एकदम ताजा
जस्तो बोटबाट टिप्दै गरेको स्याउ होसया सलक्क परेको काँक्रो
विस्फारित आँखाले हेरिरहूँजस्तो
जिन्दगीको साँघुुरो राजमार्गबाट उछिट्टिएर
भर्खरै दौडबाहिर गलहत्याइएका
जिन्दगी एउटा ओखल हो भने
मुुसलले कुुटीकुुटी टाउको फोरिएका
समयको पहिरोले भर्खरै निलेका
जसरी सुुलुुत्त निलिदिन्छ सर्पले
भ्यागुुताको मद्धिम उफ्राइ
राज्यको बन्दुुकले पिछा गर्दै
भर्खरै भ्याकुुरझैं ढालेका
कहाँबाट जम्मा भए
यतिविघ्न खुुद्रा तमासेहरू ?
जो सम्भावित लास हुुन् आफैं
मानौं, चलिरहेछ यहाँ लासको हाटबजार
यी बुुलन्द फोटोपत्रकारहरू
लिइरहेछन् कोणकोणबाट तस्बिर
मानौं, मरेपछि लासले
दिइरहेछन् भव्य र आकर्षक पोज
जस्तो तरुण मोडलहरू जीउ मर्काएर
दिने गर्छन् बजारको चमकलाई
आफ्नो सेक्सी पोज
पुुरस्कृत हुुनेछन् उनीहरू अवश्य
फोटो प्रतियोगितामा
एकथरी जो छन्
खिचिरहेछन् लाससँग सेल्फी
ओहो, यसरी चलिरहेछ देशमा
लासको राजनीति
टोकिरहेछन् तिनीहरू लासलाई
जसरी टोक्छन् कुुखुुराको सपेटा
जसरी टोक्छन् मिठाईको टुुक्रा
अपरम्पार छ—
जति टोके पनि
नअघाउने तिनीहरूको लम्बोदर भोक
लास बन्नुुअघि
ढुुक्कसँग हिँडिरहेछन् मानिसहरू पनि
आफ्नो लागि आफैं कात्रो ओढेर
अविराम छ लासको कारखाना
तपाईं कस्तो लास हेर्न चाहनुुहुुन्छ ?
सजाएर राखिएको छ
लासको बिस्कुुन
र दुुर्घटित छ संवेदना ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.