सन्नाटाको गीत

 सन्नाटाको गीत

पूर्वबाट सुनसानले हमला गरिरहेछ
पश्चिमबाट मौनताले घेरा हालिरहेछ
एकलासले उत्तरबाट हस्तक्षेप बढाइरहेछ
र चकमन्नताले दक्षिणबाट सीमा सारिरहेछ
चारै दिशाबाट घेरिरहेका छनसन्नाटाका यी अनेक रूपहरूले
कोरस डाउन हुँदैछ अचानक
भोल्युम घटाएको स्पिकरझैं
भोकलिस्टको गला स्याँ-स्याँ गर्न थालेको छ
ब्याट्री सकिएको पुराना रेडियोझैं
कुराकानीहरू कानेखुसीमा फेरिँदै छननाराहरूले गर्न थालेका छन् मौनधारण
विरोध सभाको वक्ता
माइक्रो फोनमा सुस्केरा काडिरहेको छ
छापामार दस्ताको कमान्डर
आँखा चिम्लेर अनुलोम-विलोम गरिरहेको छ
हर्न नबजाई आइरहेछ द्रुत गतिमा रेलगाडी
शंख नबजाई लगिँदैछन् हतारहतार मुर्दाहरू
चारै दिशामा फैलिरहेका छनसन्नाटाका यी अनेक आयामहरू
लयको मुखमा रुमाल कोचिएको छ
र, पट्टी बाँधिएको छ सुरको आँखामा
नृत्यका खुट्टाहरू ठिंग्रामा हालिएका छनर वाद्ययन्त्रका हातमा लगाइएको छ सिक्री
गीत गिरफ्तारीमा परेको छ
र आवाज बेपत्ता बनाइएको छ
प्रिय श्रोताहरू ! संकटको घडीमा
प्रतीक्षा गरेर नबस्नुहोस् कुनै मधुर संगीतको
यो मौनता तोड्ने पालो अब तपाईंहरूकै हो
चिच्याउनुहोस् एकपटक जोडले
च्याँट्ठिनुहोस् एकपटक आक्रोशले
चिच्याउनुहोस् र भन्नुहोस्-
कोर्रा खाइरहेको बन्दी चिच्याउन छाड्यो भने के हुन्छ ?
च्याँट्ठिनुहोस् र भन्नुहोस्-
भोकभोकै छाडिएको बच्चा च्याँट्ठिन छाड्यो भने के हुन्छ ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.