किन पुगिन् बेलायती राजकुमारी तिलगंगामा?
काठमाडौं: बेलायतकी राजकुमारी बेटेरिक अफ योर्कले नेपालको तिलगंगा आँखा प्रतिष्ठानले दिइरहेको सेवा र त्यहाँका अध्ययन÷अध्यापनबारे अवलोकन गरेकी छन्।
प्रतिष्ठानकै सेवा अवलोकन गर्ने उद्देश्यका साथ नेपाल आएकी उनीले आइतबार बिहान करिव डेढ घण्टा प्रतिष्ठानको आँखा व्याङ, पेडियाट्रिक क्लिनिक, इन्ट्रावकुलर ल्याव, रिफ्रेक्टिक सर्जरी युनिट, ओपीडी, अप्रेसन थिएटर, रिसर्च एण्ड लाइव्रेरी, आउट रिच, ट्र्निङ एण्ड एकाडमिक विभागको अवलोकन गरेकी छिन्।
बेलायतको राजपरिवारद्धारा सञ्चालित फ्र्याक फेमेली फाउण्डेसनका अध्यक्ष साइमोन फ्र्याकस लगायतसँग नेपाल आएकी उनले तिलगंगा आँखा प्रतिष्ठानको सेवा विश्वस्तरको भएको सुनेको र यहाँ आएर अवलोकन गर्दा त्यही नै पाएको भन्दै खुसी व्यक्त गरेकी छन्।
प्रतिष्ठानको सेवाबाट निकै प्रभावित भएकी बेटेरिकले नेपाल अत्यन्तै सुन्दर र हरियाली मुलुक भएको भन्दै प्रशंसासमेत गरिन्।