राहुघाट अब छुट्टै कम्पनीबाट

राहुघाट अब छुट्टै कम्पनीबाट

काठमाडौं: विद्युत् प्राधिकरणले भारतीय ऋण सहयोगमा बन्दै गरेको र बीचमा अड्केको राहुघाट जलविद्युत् आयोजना छुट्टै कम्पनीबाट निर्माण गर्ने निर्णय गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको आइतबारको बैठकले आयोजनाको क्षमता ३२ बाट ४० मेगावाट पुर्‌याई स्थानीयलाई समेत सेयर दिने गरी अलग कम्पनी स्थापना गर्ने निर्णय गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

भारतीय ऋण सहयोगमा निर्माण सुरु भएको राहुघाट आयोजनाको मुख्य सिभिल ठेकेदार आइभीआरसीएल लिमिटेडसँग २०६७ कात्तिक १८ मा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको चार वर्षभन्दा बढी अवधि व्यतित भइसक्दा पनि ठेकेदारले प्रवेशमार्गको ट्र्याकसमेत खोल्न नसकेको, आयोजना निर्माणका लागि आवश्यक यन्त्र उपकरण आयोजनास्थलमा ल्याउन र ठेकेदारले पेस गरेको कार्ययोजनाअनुसार कार्य गर्न सकेको थिएन ।

आयोजना, ठेकेदार र परामर्शदाताबीच पटकपटक भएका वार्तापछि २०७२ जेठ १ मा आफ्नो कमजोर वित्तीय अवस्था देखाई काम गर्न नसकेको स्वीकार गरेको थियो । त्यस्ता आयोजना स्थल पूर्ण रूपमा निर्माण कार्य बन्द रहेकाले सञ्चालक समितिले २०७२ जेठ २८ मा ठेक्का सम्झौता रद्द गरेको थियो ।

घिसिङका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले पनि राहुघाटका अधिकारीसित औपचारिक÷अनौपचारिक रूपमा गरेको छलफलमा स्थानीय प्राकृतिक स्रोत उपयोगबाट हुने लाभको सुनिश्चितासहित आफूहरूलाई अपनत्व हुने गरी सहभागिताको व्यवस्था गर्न अनुरोध गर्दै आएका थिए । 'यसरी आयोजना कार्यान्वयन गर्दा स्थानीय जनताले अपनत्व महसुस गर्ने र प्रभावित जनताको स्वामित्व रहने हुँदा स्थानीय स्तरमा हुने बाधाअवरोध कम हुन जान्छ', घिसिङले भने, 'आयोजनाको कार्यप्रगतिमा स्थानीय बासिन्दाको समेत चासो रहने भएकाले निर्माण कार्यमा सहज वातावरण बन्न जाने र कम्पनी गठन भई आयोजना कार्यान्वयन गर्दा निर्णय प्रक्रिया छिटोछरितो हुन गई समयमै सम्पन्न हुन्छ ।'

ठेकेदार आइभीआरसीएलसित सम्झौता रद्द गरेपछि अघिल्लो वर्षको भदौ २१ मा सिभिल र मेकानिकल कार्यको एउटा प्याकेज इन्जिनियरिङ प्रोक्योरमेन्ट (ठेकेदार आफैंले निर्माण र अनुगमन गर्ने) र इलेक्ट्रो मेकानिकलको छुट्टै ठेक्का गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा आयोजनाको क्षमता वृद्धि गरेको हो । निर्णयसअनुसार विस्तृत प्रतिवेदन तयार गर्दा भ्याट, भन्सार र अन्य शुल्कबाहेक आयोजनाको कुल लागत नौ अर्ब १७ करोड २६ लाख रुपैयाँ स्वीकृत भएको थियो ।

नेपाल र भारत सरकारका प्रतिनिधिबीच २०७२ साउन १८ मा भएको भारतीय एक्जिम बैंकको लाइन अफ क्रेडिटको समीक्षा बैठकमा नेपालका तर्फबाट आयोजनाको निर्माण कार्य छुट्टै कम्पनी गठन गरी सोही कम्पनीमार्पmत इपीसी मोडेलमा गर्ने प्रस्तावमा दुवै पक्षले सहमति जनाई हस्ताक्षर गरेका थिए ।

चमेलियामा विज्ञ

दार्चुलामा निर्माणधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको खुम्चिएको सुरुङ मर्मत गर्ने क्रममा परामर्शदाता र ठेकेदारले प्रस्ताव गरेको मूल्य रकम पुनरावलोकन गर्न प्राधिकरण सञ्चालक समितिले डा. ज्ञानेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

समितिमा सानिमा माइक्रो जलविद्युत्विज्ञ टुकप्रसाद पौडेल, भूगर्भविद् रामहरि शर्मा र हाई हिमालयका तारानाथ सापकोटा रहेको कार्यकारी निर्देशक घिसिङले बताए ।


विद्युत् विकास विभागमा सिंह

ऊर्जा मन्त्रालयले आइतबार विद्युत् विकास विभागको महानिर्देशकमा नवीनराज सिंहलाई नियुक्त गरेको छ । विभागकै उपमहानिर्देशक सिंहले पञ्चेश्वर जलविद्युत् आयोजनाको समेत जिम्मेवारी समाल्दै आएका थिए । विभागका महार्निेशक समीररत्न शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.