दसैंमा नेपाली चेली साउदीको जेलमा

दसैंमा नेपाली चेली साउदीको जेलमा

साउदीः नेपाल फर्केर घरपरिवारका साथ दुःख-सुख दसैं मनाउला भन्दै महिनौदेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका नेपाली चेली अहिले साउदी अरबको जेलमा रुँदै बस्न बाध्य छन् ।

कुवेतबाट साउदी अरब आइपुगेका र राजदूतावासको शरणमा पुगेका चेलीलाई दूतावासले उद्धार गर्न गरेको प्रयास असफल भएपछि उनीहरुको जेलको बास भएको हो । कुवेतमा घरेलु कामदारका रुपमा काम गर्न श्रमस्वीकृति दिलाएर नेपालबाट ल्याइएका र कुवेतमा नेपाली र अरबीयन दलालबाट बेचिएर साउदी अरबमा बधुँवा कामदार सरह बनाइएका उनीहरुको उद्धारका लागि दूतावासले आग्रह गरे पनि हुन सकेको छैन् ।

नेपाल सरकारको परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार कामदार कल्याण कोषलगायतमा पटकपटक रिर्पोट पठाएर र सहयोगकालागि अनुरोध गरे पनि नेपाली चेलीको उद्धार हुन सकेको छैन ।

कुवेतबाट पर्यटक भिसामा साउदी अरब भित्र्याइएका उनीहरुलाई गैरकानुनी रुपमा बसोबास गरेको आरोपमा साउदी सरकारले तोकेको जरिवाना तिर्न नसकेपछि जेल बस्नु पर्ने भएको हो ।

कार्यबाहक राजदूत आनन्द शर्माका अनुसार कुवेतबाट ल्याइएका नेपाली चेलीहरुले १५ हजार रियाल (४ लाख २७हजार रुपैयाँ) सम्म गैरकानुनी बसोबास वापतको जरिवाना तिर्नु पर्ने हुन्छ । त्यो जरिवाना मिनाह गरेर नेपाल फर्कन एक्जिट भिसा दिलाउन तीन महिना अघिदेखि दूतावासले साउदी सरकारसंग अनुरोध गरिराखेको छ । तर, दूतावासको प्रयास असफल भएपछि दूतावासको सेल्टरमा रहेका उनीहरुलाई एक महिला जेलमा पठाइएको छ ।

अब उनीहरुलाई साउदी सरकारको निर्णय अनुसार जेलबाटै नेपाल पठाउने व्यवस्था हुने छ । साउदी अरबमा बिक्री गरिएका कतिपयलाई मालिकले अन्यत्र घर र स्थानमा काम गर्न लगाएर कमाई खाएर श्रमशोषण पनि गर्ने गर्दछन् । नेपाली राहदानी खोसी बधँुवा कामदार बनाइएका उनीहरुलाई साउदी–कुवेत सीमाबाट ६ महिनाको पर्यटक भिसामा साउदी भित्र्याइएको छ ।

उनीहरुलाई पुनःकुवेत नपठाई गैरकानुनी रुपमा घरभित्रै लुकाएर कामगर्न लगाइन्छ र तलब समेत नदिई काममा खटाएर भौतिक तथा मानसिक यातना मात्र होइन यौन शोषण समेत हुने गरेको खुलासा भएको छ ।

भागेर दूतावासको शरणमा आउने दुई वर्षदेखि १० वर्षबढी साउदी अरबमा काम गरेका महिला छन् । पछिल्लो जानकारी अनुसार दुतावासबाट पठाइएका ९ र यसअघि नै त्यहाँ रहेका ८ गरेर १७ जना नेपाली चेली नेपाल फर्कने प्रतिक्षामा महिला जेलमा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.