प्रधानमन्त्री प्रचण्डले भनेः हामी शक्ति सञ्चय गर्दैछौं

प्रधानमन्त्री प्रचण्डले भनेः हामी शक्ति सञ्चय गर्दैछौं

काठमाडौँ: प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र र माओवादी आन्दोलनले शक्ति सञ्चय गरिरहेको बताएका छन्।

शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा माओवादी (विद्रोही) बीचको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले शक्ति सञ्चय गरिरहेको बताएका हुन् । ‘हिजो हामी विभाजित भयौं । यसले माओवादी आन्दोलनलाई मात्र कमजोर बनाएन, राष्ट्रका युगान्तकारी एजेण्डाहरु पनि कमजोर बने’, उनले भने, ‘अहिले हामी विगतको समीक्षासहित एकताबद्ध हुँदैछौं र शक्ति सञ्चय गरिराखेका छौं ।’

सभामा प्रचण्डले नेपालमा राजनीतिक परिवर्तनहरु दिगो नहुँदै राजनीतिक पार्टीमा विचलन आउने गरेको स्मरण गरे । उन भने, ‘नेपालमा ठूलठूला बलिदान भए, राजनीतिक परिवर्तन भए । तर, तिनलाई संस्थागत गर्न नपाउँदै राजनीतिक पार्टीमा विभाजन र स्खलनहरु देखिए । हामीले त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्छ । माओवादी अहिले त्यही अभियानमा छ ।’

प्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने र राष्ट्रलाई निकास दिने जिम्मेवारी आफ्नो काँधमा आएकोसमेत बताए । ‘माओवादी आन्दोलनलाई पहिलो र देशकै निर्विकल्प शक्तिको रुपमा स्थापित गर्ने जिम्मेवारी मेरो काँधमा छ’, उनले थपे, ‘मलाई माओवादी आन्दोलन र सिंगो राष्ट्रको निकासका लागि गहिरो जिम्मेवारीबोध छ ।’

उनले पुरातनपन्थी, नश्लवादी र समावेशी लोकतन्त्रका विरोधी माओवादी आन्दोलनविरुद्ध झुटो प्रचारमा लागेको आरोप लगाए । ‘हामी राष्ट्रिय एकता चाहन्छौं । सबैको भावनाको प्रतिनिधित्व होस् भन्ने चाहन्छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सन्तुलित विदेश नीतिका आधारमा देशलाई विकास र समृद्धिको दिशामा लैजान चाहन्छौं।’

घोषणा सभामा नेकपा (क्रान्तिकारी) बाट नेता शिव कट्टेल, राप्रपाबाट नेता एवं पूर्वमन्त्री नरबहादुर बुढाथोकी, नेकपा (माले) बाट रबिन्द्र थापाको नेतृत्वमा सयौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.