गोत्रको हतियार

गोत्रको हतियार

जति कठिन थियो मलाई
मन्दिरबाहिर पूजाको थाली बोकेर उभिनुु
त्यत्तिकै गाह्रो थियो उसलाई
किताबको झोला बोकेर
स्कुुलको प्रार्थनामा लामबद्ध हुुनुु


स्कुुल जानुुपर्ने प्रत्येक बिहान
चोखो पानी ल्याउनुु
पूजाको चौकी लिप्नुु
फूल टिप्नुु र सजाइदिनुु बुुबाले पूजा गर्ने देउताहरू
ऊ यसैलाई आफ्नो दैनिकी ठान्थी
‘जीवन यही हो’ उसलाई लागेको थियो


जब म उसको घरमा भित्रिएँ
ऊ सानी थिई
‘स्कुुल जाऊ’ भन्थेँ म
ऊ मलाई आँखा तर्थी र भन्थी—
‘मलाई सिकाउनुु पर्दैन कसैले !’
ऊ त नन्दभन्दा बूढी सासूजस्ती पो थिई त !
कसले के गर्नुु उसैको इच्छामा भर पथ्र्यो
कोही प्रतिकार गर्दैनथे उसलाई
भन्थे— घर सम्हालेकी छे उसले...
उसको घरमा म आफूलाई अयोग्य पाउँथेँ


मेरो वनबासको चौध वर्षपछि
सायद ऊ वनबास जाँदै थिई
एउटा नयाँ वनदेउता उसलाई लिन आएथ्यो
जसलाई उसले सपनामा पनि देखेकी थिइनरोई, बेतोडले रोई
बल्लतल्ल बिदा भएर गई
ऊ गएपछि पनि घर
घरजस्तै बाँकी थियो
तर किन किन लाग्यो मन्दिरको ढुुकढुुकी भने उसैले लिएर गई


नयाँ घरमा कसरी बानी पार्ली
म उसलाई सोचेरै हैरान हुुन्थेँ
कसलाई के भने चित्त दुुख्दैन ?
कोसँग कसरी बोल्नुु पर्छ ?
माइत र घरको अन्तर के हो ?
ऊ आफंैमा मस्त प्रकृति !
अहँ उसले आफूलाई कहिल्यै यसका निम्ति तयारै पारिन
उसले लिप्ने चौकीहरू फेरिए
पूजा गर्ने सामानहरू फेरिए
धारा, कुुवा र चुुलो–चौको फेरिए
सायद उसले पुुज्नुुपर्ने देवताहरू पनि फेरिए
र फेरिएर चिसो भयो उसले श्वास लिने वायुुको स्पर्श पनि
तर कहिल्यै फेरिएन उसको मन र मनभित्रका आस्थाहरू
जताततै हुुर्किन नसक्ने बुुद्धचित्तको बिरुवाजस्ती ऊ
नयाँ बोधी प्रदेशमा अझै सर्न सकेकी थिइन
ऊ आउँथी तर कहिल्यै पराइ नभएर
ऊ उसरी नै समाउथी पूजासामा
उसरी नै सिँगार्थी देवताहरू
अरूले ‘माइतीको काम’ भनेर व्यंग्य मार्थे
अहँ, उसलाई केही फरक पर्दैनथ्यो
त्यसदिन पनि
उसले पोतेकी थिई पूजाको चौकी
सजाएकी थिई देवताका लागि मन पर्ने सामग्रीहरू
चोखो पानीको घल्चा छेउ
हात जोडेर पहिलेजस्तै उभिएकी थिई
पण्डितले भने—
‘नानी ! तिमी अलग्गै बस,
माइतीको गोत्रमा मिसिएर
तिमीले पूजा गर्न मिल्दैन...!’
पूजाकै निम्ति भोकै बसेकी ऊ
अकस्मात् फुुस्किए उसका जोडिएका हत्केलाहरू
खसे फूल र अक्षताहरू
यति अन्यमनस्क भएर त कहिल्यै हेरेकी थिइन उसले मलाई
सायद सोचिरहेकी हुुँदी हो
यो भन्दा म कसरी फरक भएँ यो घरको लागि !
उसले लिपेको चौकीमाथि
पहिलेजस्तै शान्त थिए देवताहरू
उसले बालेको धूपबाट उस्तै मीठो सुुगन्ध चलिरहेथ्यो
मात्र ऊमाथि प्रहार भएथ्यो,
गोत्रको हतियार
र, ऊ
पहिलोपटक उठ्नै नसक्ने गरी घाइते भएकी थिई !
वर्षौंपछि ऊ फेरि सरिक भएकी छ
आँगनमा उसरी नै चलिरहेछ पूजा
यसपटक उसका हातमा एउटा नयाँ पुुस्तक छ
र, त्यसमा लेखेकी छ उसले
गोत्रको हतियारले पनि टुुक्रा पार्न नसक्ने
मानवीय सम्बन्धको सबैभन्दा बलियो समाजशास्त्र
यही शास्त्रको अन्तिम हरफ सुुनेपछि
एकाएक बेहोस भएका छन् पण्डित बाजे
र, ऊ पर्खिरहेकै छे यसपर्यन्त
सोचेर— बिउँझलान् सबै बेहोसीमा डुुबेकाहरू
र ऊ एउटा सामूहिक गौदानको तयारीका छे... !


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.