संसदमा लोकमानविरुद्ध महाअभियोगको प्रस्तावमाथि छलफल सुरु
काठमाडौँः व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध पेश भएको महाअभियोगको प्रस्तावमाथि छलफल सुरु भएको छ ।
संसद् बैठकमा माओवादी केन्द्रका सांसद् महेन्द्रबहादुर शाहीले प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको हो ।
महाअभियोगका प्रस्तावक सांसद् शाहीले राज्यविरुद्धको कसुर गरेकाले लोकमानविरुद्ध महाअभियोग अगाडि बढाउनुपरेको बताए ।
लोकमानले राज्यका उच्च तहका व्यक्तिको फोन डिटेललिएर राज्यविरुद्ध कसुर गरेकोसमेत दाबी गरे । शाहीले लोकमानले संवैधानिक दायित्व विर्सिएको, संसदीय समितिलाई अटेर गरेको, अदालतको म्याद तामेलीमा अवरोध गरेर अदालतको अवहेलना गरेको जस्ता आरोप लगाए ।
सांसद् शाहीले लोकमानविरुद्धको महाअभियोग प्रस्तावले भ्रष्टाचार निकायको जथाभावी रोकिने दाबी गरे ।