नरेन्द्र मोदीलाई केजरीवालका तीन प्रश्न

नरेन्द्र मोदीलाई केजरीवालका तीन प्रश्न

काठमाडौंः भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले कालो धन अन्त्य गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ल्याएको योजनामाथि प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय केजरिवालले भारत सरकारले कालो धन अन्त्य गर्न ल्याएको योजना वैज्ञानिक नभएको भन्दै प्रश्न गरेका हुन् ।

केजरीवालले नोभेम्बर ८ मा हजार र पाँच सयका नोट प्रतिबन्ध गर्ने निर्णय सार्वजनिक गर्नुअघि किन छलफल भएन, पाँच सय र हजारका नोटलाई दुई हजारमा कसले ठूलो मात्रामा परिणत गर्दैछन् भन्दै मोदीको निर्णयमाथि शंका गरेका छन् ।

मोदीले कालोधनको पर्दाफास गर्न पाँच सय र हजारका भारु नोटमाथि लगाएको प्रतिबन्धप्रति केन्द्रित गर्दै केजरीवालले सामाजिक सञ्जालमा तीन प्रश्न गरेका हुन् ।

प्रश्न १
‘मोदीजी कालो धन को सँग छ, अदानी, अम्बानी, सरद पावर, बाल्दस, सुवासचन्द्र अर्थात् गृहणी, खुद्रा पसल, मजदुर र किसान ?

प्रश्न २
नोभेम्बर ८ मा यो निर्णय सार्वजनिक हुनुअघि यसबारे कसलाई भन्नुभएको थियो, तपाईको साथीको नाम उल्लेख गर्नुहोस् ?

प्रश्न ३
पाँच सय र हजारका नोटलाई दुई हजारको नोटमा ठूलो मात्रामा कसले परिणत गर्दैछन् ?

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.