डोनाल्ड ट्रम्पको जितले तेस्रो विश्वयुद्ध रोकियोः रुस

डोनाल्ड ट्रम्पको जितले तेस्रो विश्वयुद्ध रोकियोः रुस

मस्कोः रसियाले अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको जितले तेस्रो विश्वयुद्ध रोकिएको दाबी गरेको छ।

रसियाका एक उच्च अधिकारले ट्रम्पको जितले तेस्रो विश्व युद्ध रोकिएको दाबी गरेका हुन्। रसियाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पलाई जिताउनु पर्ने भन्दै उनकै पक्षमा लविङ गरेको थियो।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी सर्जी ग्लेजयेभले भनेका छन्,‘हिलारी क्लिन्टन युद्धको संकेत हुन्।’ उनले भनेका छन्,‘अमेरिकासँग शान्ति वा तेस्रो विश्वयुद्धमध्ये एक विकल्प थियो। क्लिन्टन युद्धको संकेत थिइन् भने ट्रम्प शान्तिका पर्याय थिए। त्यसैले ट्रम्पको जितले विश्वयुद्धलाई रोक्यो।’

उनले ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि रुस र अमेरिकाबीचको सम्बन्ध सुधार हुने पनि विश्वास व्यक्त गरेका छन्। उनले भनेका छन्,‘ट्रम्पको जितले दुई देशबीचको सम्बन्धमा सुधार आउनेछ र पहिले उत्पन्न समस्याको समाधान हुनेछ।’ उनले ट्रम्पको जितले सवैभन्दा बढी रसिया उत्साहित भएको बताए। ‘पुटिनको क्लिन्टनसँगको सम्बन्ध चिसो छ,उनले भनेका छन्,‘ट्रम्पको जितबाट उनी धेरै खुसी छन्।’

वर्तमान राष्ट्रपति बाराक ओबामाको कार्यकालमा रसिया र अमेरिकाबीच पछिल्लो समय झन् दूरी बढेको छ। रसियाली राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्पलाई जिताउन भनेका थिए भने अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानका क्रममा ट्रम्पले खुलेरै रसियाको समर्थनमा बोलेपछि दूरी झन् बढेको थियो।

रसियाका राष्ट्रपति पुटिनले ट्रम्पको जितसँगै दुई देशबीचको सम्बन्ध सुधारसँगै पुनः स्थापना हुने विश्वास गरेका छन्। पुटिनले हिलारी क्लिन्टनको सधै विपक्षमा रहँदै आएका थिए। चुनावी अभियानका क्रममा ट्रम्पले रसियाका राष्ट्रपति पुटिन एक महान नेता भएको उल्लेख गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.