आन्दोलनमा ईश्वरहरू

आन्दोलनमा ईश्वरहरू

स्वयं ईश्वरहरू नै
आन्दोलनमा छन् अचेल
अस्तित्वको
उनीहरूलाई मन पर्दैन
पृथ्वीको प्रत्येक कुना छोएर बहने
यो बतासको आधुनिक रङ
उनीहरूको आँखालाई मन पर्दैन
क्षितिज र पर्खालहरू नाघेर टाकुरा-टाकुरा
दगुरिहिँड्ने जूनजस्तो मानिसको मन
उनीहरूलाई मन पर्छ बरु
जँगलमै बसेर मानिस
मन्दिर-मन्दिरहरूमा भेटी चढाएको
खनेर वृक्षका जरा-जरा
समयको त्यो आदिम गुफाछेउ
भ्रमको कुनै अमूर्त सालिक राखेको
उनीहरू कहिल्यै देख्दैननगुम्बा, मस्जिद र चर्चअघि निधार ठोक्दै
अभावको रक्ताम्य कविता लेख्दै गरेको
कुनै बेरोजगार प्रेमीको कारुणिक अनुहार
उनीहरूको कानले कहिल्यै सुन्दैन
प्रत्येक बिहान सूर्यलाई निधारमा बोकेर
गाउँको उकालो चढ्दै गरेको वृद्ध हजुरआमाको गीत
बरु सजिलै देख्न सक्छन् उनीहरू
भीड र जुलुसहरूमा केटाकेटीहरूले
शास्त्रका अलौकिक पोस्टकार्डहरू
च्यात्दै हिँडेको अप्ठ्यारो दृश्य
सजिलै सुन्न सक्छ उनीहरूको कानले
सम्झौतामा चित्त नबुझेपछि
मान्छेहरूले मन्दिर र देवताको मूर्ति
भत्काउँदै हिँडेको प्रत्येक गोप्य समाचार
ईश्वरहरू भन्नु संसारकै
सबैभन्दा खतरनाक शासक न रहेछन्
कि थोपा-थोपा पसिनाले उमारेको धानका
अक्षता-अक्षताहरूले उनीहरूको पोल्टा भरिदिनुपर्ने
कि घर भत्किँदा मुस्किलले सम्हालिराखेको
एक थान कात्रो पनि च्यातेर धुजा बनाई
उनीहरूकै नाममा चढाइदिनुपर्ने
अकस्मात् एक दिन कहाँबाट हो कुन्नि
गइपुगेथेँ उनीहरूको आन्दोलनमा
ठीक त्यसै बेला भीडमा उभिएका
असंख्य ईश्वरहरूमध्ये एउटाले सम्बोधनमा भन्यो-
तर, मेरो आन्दोलन ईश्वरहरूलाई ईश्वर बनाउन होइन
ईश्वरहरूलाई मानिस बनाउन हो ।
-रोल्पा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.