अन्तिम साँझ

अन्तिम साँझ

...वर्षकै अन्तिम साँझ
पर्दा लगाऊ र ओछ्यानमा पल्ट
सम्झ अलिअलि गर्दै
समय कसरी मर्दो रै'छ
आफ्नै आँखाको डिलबाट खसेर ।
पर्खालहरू/पाखाहरू
घरहरू/गोरेटोहरू
भत्कियो गुमनाम
च्याउहरू/भ्यागुताहरू/सर्पहरू
छेपारो-मान्छेहरू
फेरि यो साल पनि
एउटा बर्खा
भुलभुल्ती काँचो रगत छादेर मर्‌यो ।
हृदयहरू/ममताहरू
सपनाहरू/आशाहरू
हरायो गुमनाम
कामनाहरू/बधाईहरू/आशीर्वादहरू
अहम-मान्छेहरू
फेरि यो साल पनि
एउटा हिउँद
धुमधुम्ती काँचो चिसो ओथारेर मर्‌यो ।
फूलहरू/पालुवाहरू
बगैंचाहरू/फलैंचाहरू
सुक्यो गुमनाम
गौंथलीहरू/कर्‌याङकुरुङहरू/हुटिट्याउँहरू
मलसाँप्रा-मान्छेहरू
फेरि यो साल पनि
एउटा वसन्त
प्याकप्याक्ती काँचो घाम चिथोरेर मर्‌यो ।
भजनहरू/प्रार्थनाहरू
गीतहरू/जुलुसहरू
बिलायो गुमनाम
हड्डी मक्किँदै गरेका छिचिमिरा रहरहरू
भुइँकुहिरोझैं फुसफुसाउँदै गरेका प्रेमहरू
जादुझैं झुन्डिरहेका चमेरा भरोसाहरू
बादलका ग्रेटवालझैं
भाषणहरू/आश्वासनहरू/प्रतिबद्धताहरू
घातआघात-मान्छेहरू
फेरि यो साल पनि
एउटा पूरै वर्ष
प्रसव समयमा एउटी स्वास्नीमान्छे मरेझैं
आशै-आशा देखाएर मर्‌यो ।
वर्षकै अन्तिम साँझ
बाल साँझ बत्ती
र हेर भित्ताको क्यालेन्डर विस्तारै विस्तारै
कसरी सपनै सपनाको पासो लगाएर
आत्महत्या गर्दो रहेछ समय
क्यालेन्डरमा झुन्डिएर ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.