सिमेन्टको मूल्य वृद्धिमा पुनर्विचार

सिमेन्टको मूल्य वृद्धिमा पुनर्विचार

अन्नपूर्ण : नेपाली सिमेन्टमा हालै भएको मूल्य वृद्धिलाई पुनर्विचार गर्न नेपाल सिमेन्ट उत्पादक संघ सहमत भएका छन्। उद्योग मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादन संघका प्रतिनिधिसँगको छलफलमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले पुनर्निर्माणको प्रथम चरण भरखरै सुरु भएकाले यो समयमा न्यूनतम मुनाफा लिएर राज्य र नागरिकलाई सहयोग गर्न उद्योगीलाई आग्रह गर्नु भएको थियो।

मन्त्रीको आग्रहअनुसार संघका प्रतिनिधिले मूल्य वृद्धिमा पुनर्विचार गरी सिमेन्ट उत्पादकलाई पत्राचार गर्ने प्रतिबद्धता जनाएका छन्। अन्तर्राष्ट्रिय बजारमा कोइला र क्लिंकरको मूल्य वृद्धि भएको भन्दै केही नेपाली सिमेन्ट उत्पादकले प्रतिबोरा २० देखि ३० रुपैयाँसम्म मूल्य वृद्धि गरेका थिए।

जोशीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उद्योग मन्त्रालयले सुरु गरेको बालबालिकाको शिक्षा, स्वास्थ्य र पोषण कार्यक्रममा मुनाफाको केही रकम सहयोग गर्न सिमेन्ट उद्योगीलाई आग्रह गर्नुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.