एउटै पुस्तामा आर्थिक रूपान्तरण
मेरो बुवा र ठूलो बुवा बाल्यावस्थामा छ“दै हजुरआमाले संघर्ष गरेर पालन पोषण गरेको परिवार हो । बुवाले सामान्य जागिर पनि खानुभयो तर जागिरबाट परिवारको पालन पोषण सम्भव छैन भन्ने लागेपछि व्यवसाय सुरु गर्नुभयो ।
परिवारकै सदस्यले पुष्टकारी बनाएर बेच्न थाल्नुभयो । परिवारकै सदस्यले पुष्टकारी बाट्ने, प्याकेट बनाएर बेच्ने । व्यापार बढ्दै गयो, कामदारसमेत थपेर पुष्टकारी बनाउन थाल्नुभयो । अझ माग बढेपछि कामदार थप्ने, ओभरटाइम गराउने सुरु भयो । ओभरटाइम गर्नेलाई हौस्याउन मःम, चाउमिनको बन्दोवस्त गरिएको हुन्थ्यो । म सानो छ“दा मःम खान पाइने लोभमा पुष्टकारी बाट्न पुगेको सम्झिन्छु ।
२०३० सालदेखि अरु मिठाई, चक्लेट उत्पादनको काम सुरु भयो । बुवा उत्पादित सामान कार्टुनमा प्याक गरी बसमा चढेर नजिकका बजारका पसलमा डेलिभरी दिन जानुहुन्थ्यो । व्यापार बढ्दै गयो, हाम्रो सुजल फुड/जया कन्फेक्सनरी मुलुककै एक नम्बरको चक्लेट उत्पादक भयो । दुग्ध विकास संस्थानको पश्चिम दुग्ध वितरण आयोजना निजीकरण भयो, हामीले किन्यौं ।
अहिले हुन्डाईको नेपालको बिक्रेता लक्ष्मी ग्रुप छ । हस्पिटालिटी बिजनेसमा हात हालिसकेका छांै, पोखरामा चारतारे होटेल निर्माणाधीन छ । यसपछि डन्डी/सिमेन्ट उद्योगमा लगानी गर्ने योजना छ । पुष्टकारी बाटेर बेच्नेबाट अहिलेसम्म करिब पा“च दशकको समयमा परिवार रूपान्तरित भएको छ । एउटै पुस्तामा परिवारमा यत्रो रूपान्तरण भएको छ ।
छोरा पुस्ताले सक्ने भएपछि बुवाले नेतृत्व हस्तान्तरण गर्नु भएको थियो । पुस्तान्तरकै कारण चक्लेटबाट व्यापार विविधीकरण गर्ने सोच आयो । अटोमोबाइल, हस्पिटालिटी लगायतका बिजनेसमा हात हालियो । जबकी बुवाले नेतृत्व लिएर निर्णायक बनिरहन चाहनु भएको भए परिवपार कन्फेक्सनरीमा मात्र खुम्चिन सक्थ्यो ।
अब यसलाई देशको रूपान्तरणस“ग जोडौं । हाम्रो परिवार जसरी रूपान्तरण भएको छ, देश आर्थिक रूपान्तराण त्यसरी भएको छैन । के एउटा पुस्तामा परिवारको आर्थिक रूपान्तराण हुन सक्छ भने देशको हुन सक्छ कि सक्तैन ? मलाई असम्भव लाग्दैन । परिवारको रूपान्तरणको कुरा गर्दा हाम्रो परिवारको एउटा ध्येय थियो, व्यापार बढाउने । मेहनत थियो/छ । अनुशासन छ ।
काम गर्नेलाई आफ्नो कमाइअनुसार कामदारको पनि ख्याल गर्नुपर्छ भन्ने भावना थियो । बुवाको साथै ठूलो बुवाको पनि परिवार छ, मिलेर जानपर्छ भन्ने सोच थियो । सबै कुराले अहिलेको अवस्थामा पुर्यायो । देशको आर्थिक रूपान्तराणको लागि पनि समृद्धिलाई ध्येय बनाउन सकेको भए, मेहनत गरेका थिए, सबैलाई मिलाएर जाने सोच लिइएको भए ५० वर्षमा देशको पनि आर्थिक रूपान्तराण हुन्थ्यो । काम गरे के नहुने रहेछ र । एउटा व्यक्ति (कुलमान घिसिङ) को व्यवस्थापकीय कौशलतामा देश करिब लोडसेडिङमुक्त भएको छ ।
महासंघको भूमिका र राजनीति
२०४६ सालपछिको राजनीतिक परिवर्तनपछि अपनाइएको आर्थिक उदारीकरणमा आर्थिक रूपान्तराण गर्ने भनेकै निजी क्षेत्रले हो । सरकारको काम निजी क्षेत्रका लागि वातावरण बनाइदिने हो । २७ वर्षमा आउँदा रूपान्तर निजी क्षेत्रले गर्ने हो भन्ने स्थापित भइसकेको छ । पहिले सबै कुरा राज्य नियन्त्रित थियो । कच्चा पदार्थको सीमितता छ । हामीले फड्को नै मारेका छौं ।
शिक्षा, स्वास्थ्य, हवाई क्षेत्रमा विकास भएको छ । राजस्वको वृद्धि, बजेटको आकार हेरौं कहाँबाट कहाँ पुगि सकियो । स्रोतको परिचालन उत्साहजनक छ । यसैले निजी क्षेत्रको भूमिका बढेको छ । सानालाई सवल बनाउनु पर्छ, आर्थिक रूपमा । महासंघ सरकारको आर्थिक सल्लाहकारको रूपमा छ ।
राजनीतिक संक्रमणबाट बाहिरिने चरणमा छौं । अहिले नै व्यवसायीमा उत्साह छ, लोडसेडिङमुक्तीले उत्साह दिएको छ । कुल ग्राहस्थ उत्पादन (जीडीपी) वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान सार्वजनिक भएको छ । स्थानीय चुनावपछि प्रान्तिय निर्वाचन पनि चाँडै हुनेछ । यसले आर्थिक गतिविधि बढ्ने/विकेन्द्रित हुने निश्चित छ । यसले निजी क्षेत्रका लागि ठूलो अवसर त सिर्जना गर्ने छ नै, साथै अवरोध पनि आउनेछन् ।
अभ्यासको सुरु चरणमा स्थानीय र केन्द्रबीच कर असुलीका विवाद आदि आउने निश्चित छ । त्यो अवसर प्राप्त/प्रयोग गर्न र अवरोध छिचोल्न महासंघको भूमिका महत्ववपूर्ण छ । हुन त, महासंघले आर्थिक उदारीकरण सुरु भएयता नै सरकारको आर्थिक सल्लाहकारको भूमिका निभाइरहेको छ । तर, अब अझ चुनौतीपूर्ण अवस्था छ । ती चुनौती जित्ने नेतृत्व महासंघमा आउनुपर्ने हुन्छ । नेतृत्व भिजनरी र परिष्कृत हुन जरुरी छ । बदलिदो परिस्थितिमा परम्परागत सोचलाई परिवर्तन गरेर नेतृत्व दिने युवा शक्ति महासंघलाई चाहिएको छ ।
हेर्दा महासंघले कुनै सेक्टर वा उद्योग विशेषका लागि सहुलियत मागेको जस्तो देखिन सक्छ । त्यस्तो हुन्न, महासंघले माग गरेको सहुलियत/सुविधाले समग्र अर्थतन्त्रमा केही न केही सकारात्मक प्रभाव पार्ने खालका हुन्छ । कर्मचारीतन्त्रले पनि सहुलियत माग्यो भन्नुभन्दा त्यस्तो सहुलियतले के के फाइदा हुन्छ भन्ने विश्लेषण गर्नुपर्छ । निजी क्षेत्रलाई सुविधा सहुलियत मागेकालाई माग्यो भन्न भएन ।
एउटा हक पनि हो, अर्कोतिर फाइदा सर्वत्र हुन्छ । चार दशकअघि सुरु भएको व्यवसाय आज यो अवस्थामा आइपुग्यो । सेक्टरल माग होला तर सरकारले सकारात्मक रुपले लिनपर्छ । तत्कालीन र दीर्घकालीन फाइदाको विश्लेषण गर्नुपर्यो ।
हामी केही व्यवसायीले नेपालीलाई पनि विदेशमा लगानी दिनुपर्यो भन्दै आएका छौं । हामीले विदेशी लगानी आह्वान गरेपछि नेपालीलाई पनि विदेशमा लगानी गर्न दिनुपर्छ । हामीले लगानी भित्वयाउन खोज्ने, तर बाहिर लैजान नदिने, एकतर्फी किन ? नेपाली व्यवसायी पनि विदेशमा फैलिन पाउनुपर्छ । हाम्रो समूहको कन्फेक्सनरीमा चार दशकभन्दा बढीको अनुभव छ । हाम्रो अनुभव विदेशमा फैलाउन किन नपाउने ?
हाम्रो परिवार जसरी रूपान्तरण भएको छ, देश आर्थिक रूपान्तराण त्यसरी भएको छैन । के एउटा पुस्तामा परिवारको आर्थिक रूपान्तराण हुन सक्छ भने देशको हुन सक्छ कि सक्तैन ?
सरकारले विदेशी लगानीलाई प्राथमिकतामा राखेको छ, राखिनु पनि पर्छ । मुलुकको समृद्धिका लागि विदेशी लगानी आवश्यक छ । तर, स्वदेशी लगानीभन्दा विदेशबाट आउने लगानीलाई बढी प्राथमिकता र सुविधा दिन खोजेजस्तो देखिएको छ । यहाँका उद्यमी घरकै त हुन नी भनेजस्तो देखिन थालेको छ । सरकारले स्वदेशी लगानी पनि प्रवद्र्धन गर्नुपर्छ । स्वदेशी लगानी दीर्घकालीन पनि हुन्छ ।
नेपालमा ठूलो संख्यामा सवारी साधन बिक्री हुन्छन् । धेरैजसो सवारी भारतबाट आउँछन्, कतिपय तेस्रो मुलुकबाट पनि ल्याउने गरिएको छ । नेपालमा गाडी एसेम्बल्ड गर्न सकिन्छ । तर, सरकारले फेसिलेसन गर्न सकिरहेको छैन् । स्वदेशमै एसेम्बल्ड उद्योग चलाउन सकेमा रोजगारी बढाउन सकिन्छ । सरकारले एसेम्बल्ड उद्योगलाई प्रोत्साहित गर्नुपर्छ ।
सरकारले औद्योगीकरणमा पनि उत्तिकै ध्यान पुर्याउनुपर्छ । विदेशबाट रेमिटेन्सको रूपमा मोटो रकम भित्रिन्छ । यो पैसा लगानी गर्ने वातावरण बनाउनुपर्छ । औद्योगिक विकासमा लगाउन सक्नुपर्छ । लगानीका लागि यस्ता धेरै क्षेत्र छन् जहाँ रेमिट्यान्स परिचालन गर्न सकिन्छ । यसमा राज्यले उचित नीति अवलम्वन गर्नुपर्छ । (कुराकानीमा आधारित)