म्यादी प्रहरीको तालिममा जे देखियो (फोटोफिचर)
काठमाडौं: आगामी वैशाख ३१ गतेको स्थानीय निकाय निर्वाचनका लागि म्यादी प्रहरीको तालिम देशका विभिन्न भागमा सुरु भएको छ। देशभरबाट ७५ हजार जना म्यादी प्रहरीका छनोट भएपछि तालिम सञ्चालन गरिएको हो।
चुनावका लागि छानिएका म्यादी प्रहरीहरु ५५ दिनका लागि नियुक्त हुनेछन् भने उनीहरुलाई सरकारले प्रहरी जवान सरह तलब दिने छ।म्यादी प्रहरीका लागि पुर्व आर्मी, पुर्व पुलिसदेखी बैदेशिक रोजगारीबाट फर्किएका, सामान्य ब्यापार गरेर बसिरहेका, किशान लगायतको आकर्षण देखिएको छ ।
राजधानीको कमलपोखरीस्थित म्यादी प्रहरीमा छनोट भएकाहरुलाई प्रहरी वृत कमलपोखरीले तालिम सुरु गरेको छ। जसमा विभिन्न समूह छुट्याइएको छ। ती मध्ये अन्नपूर्ण समूहको तस्बिर अन्नपूर्णका फोटो पत्रकार रजेन्द्र केसीले कैद गरेका केही तस्बिरहरु।