कुन विषयमा कति आकर्षण ?

कुन विषयमा कति आकर्षण ?

काठमाडौं: एउटा निश्चित तहको अध्ययन सकेपछि अर्को तहमा भर्ना हुनुअघि गरिने प्रवेश परीक्षाको तयारीलाई सामान्य भाषामा ब्रिज कोर्स भन्ने गरिन्छ । एक दशक अघिसम्म बजारमा फाट्टफुट्टमात्र खुुुुलेका कारण यस्ता संस्थाबारे विद्यार्थीहरू अनविज्ञजस्तै थिए । तर, अहिले यस्ता विषय विद्यार्थीका लागि अनिवार्यजस्तै बनिसकेको छ ।

केही वर्षअघिसम्म नर्सिङ, इन्जिनियरिङ, एमबीबीएस लगायतका प्राविधिक विषयमा मात्र विद्यार्थीहरू ब्रिज कोर्सका लागि भर्ना हुने गरेकोमा अहिले यसको दायरासमेत फराकिलो हुँदै गएको छ । हरेक विषयमा सीमित सिटमा हजारौं विद्यार्थीको आकर्षण हुने र प्रतिस्पर्धा पनि धेरै हुने भएका कारण विद्यार्थी ब्रिज कोर्सप्रति आकर्षित भएको पुुुुतलीसडकस्थित रिलायबल एकेडेमीका प्रबन्ध निर्देशक मातृका भट्टराई बताउँछन् ।

‘इन्जिनियरिङ पढ्ने विद्यार्थी विगतका वर्षको तुलनामा बढिरहेका छन् । तर, कोटा सीमित छ । यस्तो अवस्थामा ब्रिज कोर्स गर्न सकिएमा सहजै प्रवेश परीक्षा उत्तीर्ण हुन सकिन्छ कि भन्ने उनीहरूको चाहना छ । जुन सत्य पनि हो’, भट्टराई भन्छन्, ‘यस्तै अवस्था नर्सिङ, ल्याब टेक्निसियन, फार्मेसीलगायतका विषय पढ्न चाहने विद्यार्थीमा पनि छ ।’ तुलनात्मक रूपमा अहिले पनि विद्यार्थी आकर्षण प्राविधिक विषयतर्फ धेरै रहेको भट्टराईको अनुभव छ । प्राविधिक विषयहरूमध्ये नर्सिङमा हरेक वर्ष धेरै चाप हुने गरेको छ । त्यसबाहेक फार्मेसी, इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, ल्याब टेक्निसियन, रेडियोलोजी, डेन्टल साइन्स लगायतका विषयमा पनि विद्यार्थी आकर्षण धेरै हुने गरेको छ ।

बानेश्वरस्थित पाठशाला एजुकेसन फाउन्डेसनका प्रमुुुुख सञ्जय मण्डल प्राविधिक विषयका साथै विज्ञान तथा व्यवस्थापन विषय पढ्न चाहने विद्यार्थी पनि पछिल्ला वर्षहरूमा ब्रिज कोर्सको अध्ययनमा आकर्षित हुने गरेका छन् । ‘अहिले ठूलो प्रतिस्पर्धा हुने राम्रा विषयको प्रवेश परीक्षा तयारी कक्षादेखि राजधानीमा नाम चलेका सेन्ट जेभियर्स, सेन्ट मेरिज, बूढानीलकण्ठ लगायतका स्कुुुुलमा भर्ना हुन चाहने विद्यार्थीसमेत ब्रिज कोर्समा धाउने गरेका छन्’, मण्डल भन्छन्, ‘पछिल्ला एक दशकयता यसको आकर्षण ह्वात्तै बढेको छ ।

विद्यार्थीमात्र नभएर अभिभावकसमेत यसतर्फ सचेत हुन थालेका छन् ।’ ब्रिज कोर्स भन्नेबित्तिकै राजधानीमा मात्र सीमित हुने सञ्चालकहरूले विद्यार्थी आकर्षण बढेकै कारण राजधानीबाहिरका सहरहरूमा पनि शाखा विस्तार गरेर सेवा दिइरहेका छन् । विद्यार्थीहरू पनि हरेक तहको अध्ययन सकेर नतिजा नआउँदासम्मको समयलाई ब्रिज कोर्स गरेर सदुपयोग गरी गाउँ छाडेर सहर आउने गरेका छन् ।

कति लाग्छ शुल्क ?

गल्लीगल्लीमा खुुुुलेका ब्रिज कोर्स प्रदायक संस्था रहेका कारण विद्यार्थी बेलाबेलामा यसको गुुुुणस्तरीयताको विषयमा समेत झस्कने गरेका छन् । नियन्त्रण गर्ने निकायको कमजोरी र कुुुुनै निश्चित मापदण्डसमेत नभएका कारण ब्रिज कोर्स गर्दा लाग्ने शुल्कमा एकरूपता समेत छैन । सामान्यतया तीनदेखि चार महिनासम्मको यस कोर्समा विद्यार्थीबाट न्यूनतम सात हजारदेखि १० हजारसम्म शुल्क लिने गरेको सञ्चालकहरू बताउँछन् ।

विद्यार्थीको अघिल्लो तहको प्राप्तांकका आधारमा छात्रवृत्ति तथा छुुुुटको व्यवस्था पनि सञ्चालकहरूले गरेका छन् । बानेश्वरस्थित इन्टेल इन्स्टिच्युुुुटका कार्यक्रम निर्देशक सेवक गौतम विद्यार्थीलाई हरेक साता लिइने परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा पनि छात्रवृत्ति दिने गरिएको बताउँछन् । विगत २८ वर्षदेखि ब्रिज कोर्सको कक्षा सञ्चालन गरिरहेको आफ्नो संस्थाले विद्यार्थीसँग कोर्स अवधिभर आठ हजार पाँच सय रुपैयाँ लिने गरेको गौतम बताउँछन् ।

नियन्त्रण गर्ने निकायको कमजोरीका कारण शुल्क, गुुुुणस्तरीयता र विश्वसनीयतामा समेत प्रश्न उठेको उनी बताउँछन् । ‘अहिले बजारमा खुुुुलेकामध्ये धेरै संस्था सरकारी अनुमतिबिना सञ्चालनमा छन् । यस्तो अवस्थामा उनीहरूले लिने शुल्कको के कुुुुरा गर्नु ? यस्ता संस्था ब्रिज कोर्सको समयमा तडकभडकका साथ आउँछन्, अर्को वर्ष हराउँछन्’, गौतम भन्छन्, ‘सरकारले प्रभावकारी अनुगमन गरेर गैरकानुनी रूपमा सञ्चालित संस्थालाई नियन्त्रण गर्न सकेमा यस व्यवसायको शुद्धीकरण हुने थियो ।’

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्साल सिजनमा मात्र खुुुुल्ने संस्था भएका कारण सबैलाई एकैपटक अनुगमन गर्न कठिन भएको बताउँछन् ।
शैक्षिक परामर्श व्यवसायी र भाषा कक्षा सञ्चालन गर्नका लागि अनुमति लिने संस्थालाई शिक्षा मन्त्रालयले निर्देशिका नै तयार गरे पनि साधारण ट्युुुुसन सेन्टरका रूपमा मात्र सञ्चालिन हुने र केही समय सञ्चालन भएर बन्द हुने संस्थालाई कानुनी दायरामा ल्याउन समय लाग्ने लम्सालको भनाइ छ । ‘सरकारले अनुगमन गर्ने पाटो त छँदैछ, विद्यार्थी अभिभावकले पनि भर्ना हुनुअघि आफूले रोजेको संस्था कस्तो छ ? यसको इतिहास के हो लगायतका विषयमा सचेत हुनु जरुरी छ’, लम्साल भन्छन् ।

राजधानी लगायत मुलुकका विभिन्न भागमा ब्रीजकोर्स सञ्चालन गर्दै आएको पुरानो संस्थामध्येमा पर्ने अल्फाविटा इनिस्टच्युटका प्रवन्ध निर्देशक द्धिराज शर्मा पनि मौसमी रुपमा खुलेका ब्रीजकोर्स प्रदायक संस्थाका कारण आफूहरुलाइ समेत अप्ठ्यारोमा पारेको बताउँछन् । ‘मौसममा मात्र पढाइ सञ्चालन गर्ने यस्ता संस्थाले भविष्य सोँचेका हुँदैनन् । भविष्य नै निश्चित नभएपछि उनीहरुले लिने शुल्कमा एकरुपता हुँदैन । उनीहरुले दिने सेवा पनि स्तरिय हुँदैन । यदि यस्ता कुनै संस्थाले केहि बदमासि गर्‍याे भने त्यसको मार हामीले पनि खेप्नुपर्छ’ शर्मा भन्छन् । यस्ता विषयमा सरकारी निकायबाट प्रभावकारी अनुगमन भयो भने समग्र व्यवसायमा नै शुद्धीकरण हुने थियो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.