वीरगन्जमा गोली चल्यो, एक महिला गम्भीर घाइते
वीरगन्जः पर्साकाे वीरगन्जमा अपरिचित व्याक्तिको गोली प्रहारबाट एक महिला गम्भीर घाइते भएकी छन्। वीरगन्ज उपमहानगरपालिका–१४ पिपराका वीरेन्द्र पटेलकी श्रीमती २३ वर्षीय निलु पटेल (निलम पटेल) अपरिचित व्याक्तिको गोली प्रहारबाट गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ।
निलुको दाहिने कन्चट पछाडिको भागमा गोली लागेको छ। उनको अहिले वीरगन्जको नेशनल मेडिकल कलेजको आइसियु कक्षमा उपचार भइरहेको छ। आफ्नो सुत्ने कोठामा बिहान एक बजेतिर गोली लागेको अवस्थामा श्रीमान वीरेन्द्रसंगै भेटिएकी निलुलाई घरपरिवारका सदस्यहरुले शुरुमा गण्डकमा रहेको वीरगन्जल हेल्थ केयर अस्पतालमा लगेको र त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा लगिएको हो।
घरपरिवारका सदस्यहरुले निलुलाई अपरिचित व्याक्तिले गोली हानेर घाइते बनाएको बताएपनि घटनामा निलुकै घरिपरिवारका सदस्यहरुको संलग्नता रहेको आशंका उनका छिमेकीहरुले गरेका छन्। प्रहरीले निलुका श्रीमान धीरेन्द्रलाई आफ्नो नियन्त्रणमा लिएको छ।