दश महाविहारका शाक्यहरुलाई पञ्चदान

दश महाविहारका शाक्यहरुलाई पञ्चदान

काठमाडौँ: अशोक चैत्य महाविहार, असनका ध्रुवरत्न शाक्यको परिवारबाट चैत्र शुक्ल पूर्णिमा (ल्हुति पुन्ही) का अवसरमा आज शाक्य महाविहार सङ्घलाई पञ्चदान प्रदान भयो।

सङ्घमा आबद्ध शान्तिघट बज्रधातु चैत्य महाविहार (श्रीघबहाः), रत्नमण्डल महाविहार (नघः बहाः), अशोक चैत्य महाविहार (असंबहाः), महाबुद्ध महाविहार (महाबुद्ध बहाः), धर्मचक्र महाविहार (तःधंबहाः), मञ्जुश्रीनक महाविहार (बिकमाबहाः), धर्माकर महाविहार (स्वःबहा), कीर्तिपुण्य भुवनसुन्दर महाविहार (यताबहाः), कीर्तिपुण्य महाविहार (कोहिटीबहाः) र रत्नाकर महाविहार (क्वंसाबहाः) का थकालीसहित पाँच÷पाँच सदस्यलाई पञ्चदान प्रदान गरिएको हो।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यको प्रमुख आतिथ्यतामा दान प्रदान र सङ्घ भोजनको पुण्य कार्य सम्पन्न गरिएको हो।

आजको दिन भगवान् बुद्धले आन्ध्रप्रदेशको धान्यकटक पर्वतमा नामसङ्गीतिको देशना गर्नुभएको बौद्धहरु विश्वास गर्छन्। काठमाडौँ, ललितपुर र भक्तपुरमा आज नामसङ्गीतिको पाठसहित पूजा र प्रवचनहरु भइरहेका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.