सगरमाथालाई संयुक्त नापी गर्न भारतको प्रस्ताव
काठमाडौँ: विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाई संयुक्त रुपमा पुनः नाप्नका लागि भारतले नेपालसँग प्रस्ताव राखेको छ।इण्डो नेपाल साइन्टीफिक एक्पीडिसन गरी नेपाल र भारतको संयुक्त टोलीले सगरमाथाको उचाई नाप्नका लागि प्रस्ताव गरेको भारतका बिज्ञानमन्त्री हर्ष बर्दनले भारतीय सञ्चारमाध्यमलाई बताए।
सर्भे अफ इण्डीयाको २५० औ बार्षिकउत्सवको अवशरमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग मन्त्री वर्दनले आवस्यक प्रकृया पुरा भए मे देखि जुन अन्तिम सम्ममा चुचुरोको सर्भे सम्पन्न गर्ने समेत बताएका छन्। संयुक्त टोलीले ग्लोवल पोजिसनीङ सिष्टम(जिपिएस) र त्रिकोण मितिय बिधि गरी दुई बिधिबाट उचाई नाप्ने तयारी गरेको छ।
जिपिएसबाट डाटा संकलन गर्ने र भौगोलिक अवस्थाबारे चुचुरोलाई त्रिकोणमितिय बिधि प्रयोग गर्ने समेत मन्त्रीले जनाएको भारतीय सञ्चार माध्यमले प्रकाशन गरेको छ। सर्भे अफ इण्डियाले नापेकै आधारमा हालसम्म सगरमाथाको उचाई ८८४८ मिटर (२९ हजार २८ फिट) लाई नै अहिलेसम्म आधिकारिक मानिएको भन्दै थप उचाई नाप्नका लागि नेपालसँग संयुत्त टोली बनाएर जाने पहल गरेको भारतका सर्भेयर जेनेरल स्वर्ण सुव्वा रावले जनाएको छ।
यता नापी विभागका सूचना अधिकारी अनिल मरासीनिले भने कुटनैतिकतहबाट आएहोलान तर सोमबारसम्म विभागमा कुनै पनि जानकारी नआएको बताउनुभयो।सगरमाथाको भौगोलिक अवस्था र उचाईको सर्भे गर्नु पर्ने आवस्यकता भएको भन्दै विभागले नेपाललेनै सर्भे गर्ने प्रस्ताव आगामी बजेटमा लाने तयारी गरेको मरासीनिले बताउनुभयो।
सन् १८५५ मा सगरमाथाको उचाई सर्वे अफ इण्डियाले नापेको थियो। विभिन्न देशको आ-आफ्नै नापनक्सा सम्बन्धी प्रावधान भएकाले नयाँ प्रबिधिहरु भित्रीएसँगै समयअनुसार पुनःसर्भे गर्नु आवस्यक रहेको विभागको भनाई छ।सगरमाथा लगायत ८ हजार भन्दा माथिका ८ वटा चुचुरो र पहिचान भएका यसभन्दा होचा चार सय बढी हिमालको सर्भे गर्नु आवस्यक रहेको छ यसमा छिमेकी राष्ट्र भारत र चीन दुवैको सहयोग आवस्यक पर्ने विभागको भनाई छ।
सार्वभौम राष्ट्र भएकोले नेपालको भुभाग र भुबनोटलाई सर्भे गर्ने अधिकार नेपालकै रहने र राष्ट्रको हितमा हुने गरी सरकारबाट अनुमती पाए भारतले सहयोग गर्न सक्ने स्रोतले जनायो।भारतमा व्रिटिसले शासन गर्दा एक सय ६२ बर्ष अघि सन् १८५५ मा सर्भे अफ इण्डीयाको तर्फबाट जर्ज एभरेष्टले सगरमाथा उचाइ नापेसँगै यसको नामाङकन विश्वमा एभरेष्ट राखिएको थियो।
यता आफ्नो देशको एतिहासिक महत्वपुर्ण सम्पत्ति दोस्रो देशलाई नाप्न दिन नदिने भन्ने बारे कुनै ऐन,कानुन र नियामवलीमा उल्लेख छैन।सगरमाथाको चुचुरो चीनले २००५ मा नापेर ८,८४४ मीटर बनाएको थियो भने इटाली र नेश्नल जोग्राफीले पनि नापेको थियो।तर यो उचाई प्रयोगमा आउन सकेन।
विना आधार बिभिन्न देशका नागरिकले आरोहणका लागि अनुमती लिई सेटलाइन र जिपिएसको माध्यमबाट नाप्ने गरेको तर आधिकारीक नहुने गरेको विभागको तथ्याङक छ।सरकारले नापजाँचका लागि जग्गा नापजाँच ऐन २०१९ र नियामवली जारी गरी गरेको छ।
यता विज्ञहरु भने उचाई केही तलमाथि भएको हुनसक्ने अनुमान गरेका छन्।भुकम्पले भारत र चीन तर्फको प्लेटले ठक्कर दिदाँ उचाइ बडेको हुन सक्ने र जलवायू परिर्वतनले हिउँ पग्लीदा उचाई घटेको हुन सक्ने हिमालविज्ञ आङछिरिङ शेर्पा तर्क राख्छन्।