गैंडाको सम्झनामा शोकसभा

गैंडाको सम्झनामा शोकसभा

सौराहा (चितवन) : मानिसको देहान्त भएपछि मात्र उसको सम्झनामा शोकसभा गर्ने परिपाटी छ । त्यसमा पनि जहाँसुकै शोकर्‍याली गरिँदैन । तर वन्यजन्तु मरेकोमा शोकसभा गरिएको नौलो लाग्न सक्छ । सौराहामा आइतबार फरक दृश्य देखियो । मानिसहरू चिन्तित मुद्रामा थिए । उनीहरू मौन रूपमा सडक र्‍यालीमा सहभागी थिए ।

कुनै व्यक्ति विशेषको निधनमा नभई गैंडा मारिएको शोकमा सौराहामा शोक मनाइएको हो । संरक्षणमा लागेकाहरूले गैंडा मारिएकोमा दुःख मनाएका हुन् । वन्यजन्तु मारिँदा सौराहामा शोकसभा गरिएको पहिलो पटक हो । 'सुरक्षा निकाय र समुदायनजिक गैंडा मारिनु ज्यादै दुःखद घटना हो', समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण उपसमितिकी संयोजक डोमा पौडेलले भन्नुभयो, ' तस्करविरुद्ध एकजुट छौं भन्ने सन्देश दिन खोजिएको हो ।' संरक्षणमा सचेत सहयोगका लागि कार्यक्रम गरिएको पौडेलले बताउनुभयो ।

 

पछिल्लो पटक गैंडा मारिएको घटनाले सबैलाई स्तब्ध बनाएको छ । २२ औं वन्यजन्तु सप्ताहअन्तर्गत शोकसभा गरिएको हो । चितवनमा चोरी सिकारीले गत चैत २५ गते दुर्लभ एक सिंगे गैंडा मारेका थिए । पश्चिम चितवनको जगतपुरस्थित बेलट्टाट हरियाली सामुदायिक वन क्षेत्रमा सिकारीले गोली हानी गैंडा मारेका हुन् । सिकारीले गैंडा मारेर खाग र पुच्छर लगेका थिए ।

हातमा प्लेकार्डसहित समुदायका अगुवा, होटेल तथा रेस्टुराँ व्यवसायी, संरक्षणकर्मी, नेपाली सेना, नेपाल प्रहरी, खेलाडी, विद्यार्थीलगायत र्‍यालीमा सहभागी थिए । सौराहाको बजार परिक्रमा गरेपछि शोकसभा गरिएको थियो । गैंडा मारिएको प्रति शोक मनाउँदै एक मिनेट मौन धारणसमेत गरिएको थियो । संरक्षणमा लागेकाहरू दुःखी थिए । 'गैंडा मारिएपछि हामी चिन्तित छौं', बाघ संरक्षण समितिका अध्यक्ष जितबहादुर तामाङले भन्नुभयो, 'चोरी सिकारी निरुत्साहित गरी फेरि त्यस्तो नहोस् भनेर खबरदारी गरेका हौं।'

३ वर्षपछि चितवन राष्ट्रिय निकुञ्जमा सिकारीद्वारा गैंडा मारिएको हो । राष्ट्रिय निकुञ्जले चोरी सिकारी नभएको एक हजार ७१ दिन पुगेको दिनमा गैंडा मारिएको थियो । संरक्षणमा लागेका विभिन्न ४५ वटा संघसंस्थाले शोकसभा आयोजना गरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका साहायक संरक्षण अधिकृत अभिनय पाठकले गैंडा मारिएको घटनाले सबैलाई चुनौती दिएको भन्दै सतर्क गराएको बताउनुभयो । 'यो दुःखद घटनालाई हामीले चुनौतीको रूपमा लिएका छौं', पाठकले भन्नुभयो, 'सबै एक मत भएर लाग्नुपर्छ भन्ने सन्देश र्‍यालीले दिएको छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.