धनुषामा घाँटी रेटी पुरुषको हत्‍या

धनुषामा घाँटी रेटी पुरुषको हत्‍या

जनकपुरधाम: धारिलो हतियार प्रहार गरि धनुषामा एक जनाको हत्या भएको छ। धनुषाको जनकनन्दनी गाउँपालिका १ एवं साविकको ईनर्वा गाविस ९ को नेपाल भारत बोर्डर छेउमा शुक्रबार राति एक पुरुषको हत्या भएको हो।

राति करिब साढे ८ बजेको समयमा स्थानीय रामबाबु यादवको घरपछाडि अन्दाजी ३० वर्षका पुरुषको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ।

स्थानीयबासीले घटना लगतै प्रहरीलाई जानकारी गराएका थिए। ईनर्वा प्रहरीचोकीबाट गएको प्रहरी टोलीले त्यस बखत अपरिचित ३० वर्षका पुरुषको घाँटी रेटिएको अवस्थामा शव बरामद गरेको सई राधेमोहन साहले जानकारी दिनुभयो। लासलाई पोष्टमार्टमका लागि राति नै जनकपुर अञ्चल अस्पताल ल्याइएको छ।

प्रहरीका अनुसार घटना स्थल नेपाल भारत बोर्डरको एक सय मिटर भित्र अकोना टोलमा भएको हो। घटनास्थलबाट दुई वटा घडीसमेत बरामद गरेको र उक्त स्थलमा लछारपछार भएको जस्तो देखिएकाले कुनै बिबादको कारण घटना भएको हुन सक्ने आशंका गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि अचार्याले जानकारी दिनुभयो।

हत्या भएका व्यक्तिको सनाखत हुन नसकेपनि घटना बोर्डर छेउमै भएकाले भारतीय नागरिक हुन सक्ने उहाँले बताउनुभयो। त्यस घटनाको विषयमा भारतीय प्रहरीसंग समेत समन्वय गरी अनुसन्धान र दोषीको खोजी कार्या जारी रहेको प्रहरी उपरीक्षक आर्याले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.