कोरियामा फेरी एक नेपालीको निधन

कोरियामा फेरी एक नेपालीको निधन

कोरिया : कोरियामा पछिल्लो हप्ता औधोगिक दुर्घटनामा परी घाइते हुने र ज्यान गुमाउनेको संख्या बढ्न लागेको छ । झन्डै एक साताको अवधिमा दुई जनाको दुर्घटनामा र दुई जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

बिहीबार बिहान दुई बजे उल्सानको देउ कम्पनिमा कार्यरत लाल बहादुर थापाको उपचारका क्रममा निधन भएको छ । केही दिन मात्र पर्वतका राजकुमार विकको कम्पनीमा काम गर्दै गर्दा दुर्घटनामा मृत्यु भएको थियोे ।

बुधबार दिउँसो कार्यस्थलमै करिब ६ मिटर उचाइबाट लडेर भूइमा झरी घाइते भएका थापाको अस्पतालमा उपचारका क्रममा राती नै निधन भएको हो । भुइमा पछारिन पुगेका थापाको एक भागमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते थापालाई नजिकैको स्थानीय अस्पतालले अर्को बुसान अस्पतालमा रिफर समेत गरेको उनका साथिले बताएका छन। यद्यपि त्यो अस्पतालका चिकित्सकले थापालाई २ बजे मृत घोषणा गरेको डेउ नेपाली एकता समाजका अध्यक्ष अंशुवर्मा लिम्बुले बताउनु भयो ।

सिविटी परिक्षा दिएर पुनः कोरिया आएका बुटवल निवासी २९ वर्षीय थापाका एक छोरा र श्रीमती रहेका छन् ।

कोरियमा झन्डै दुई साताको अवधिमा चार नेपालीको मृत्युु भएको छ । तीन दिन अघि मात्र थेगु स्थित एक सिरक बनाउने कम्पनीमा कार्यरत दोलखाका २२ वर्षीय समुन्द्र केसीले आत्माहत्या गरेका थिए । थेगुमै गोरखाका २२वर्षका सुनिल अधिकारि झुन्डिएर आत्मत्या गरेका थिए ।

ईपीएस मार्फत रोजगारिका लागि कोरिया आएका नेपालीको औधोगिक दुर्घटना, डिप्रसनमा परेर, झुन्डिएर आत्महत्या र सुतेको अवस्थामा ह्दयघात भएर मृत्युु हुने क्रम बढेपछि यहाँ कार्यरत नेपाली चिन्तित बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.