गोली, अश्रुग्यास र आगजनीपछि परासी तनावग्रस्त (फोटो फिचर )

गोली, अश्रुग्यास र आगजनीपछि परासी तनावग्रस्त (फोटो फिचर )

नवलपरासी: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसहित शीर्ष नेता सहभागी कार्यक्रम स्थल तनावग्रस्त बनेको छ । स्थानीय निर्वाचन कार्यक्रमको विरोधमा राजपाले नवलपरासीको सदरमुकाम परासीमा शनिबार लाठी जुलुस गरेको थियो ।

लाठी जुलुसपछि बुद्धचोकमा आयोजित सभालाई सम्बोधन गर्न काठमाडौंबाट अध्यक्ष महन्थसहित शीर्ष नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, ह्दयश त्रिपाठी, जितेन्द्र सोनाललगायतका नेताहरु परासी पुग्नु भएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गरिरहँदा एक्कासी कार्यक्रम स्थल तनावग्रसत बनेको थियो ।कार्यक्रम स्थल नजिक रहेको मध्य नेपाल यातायत व्यवसायी समितिमा बसबाट लैजानका लागि एमालेको प्रचारप्रसारका लागि टिसर्टहरु राखिएको थियो।

उक्त टिसर्टहरु महन्थ ठाकुरसहितका शीर्ष नेताकै अगाडी जलाइएका थियो । केही कार्यकर्ता टिसर्ट राखेको भन्दै मध्यनेपाल यातायात समितिमा पुगेर तोडफोड गर्न थालेपछि राजपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।

सो क्रममा प्रहरीले केही अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो । तनावपछि अध्यक्ष ठाकुरले बीचमै सम्बोधन छाड्नु भएको थियो । अश्रुग्यास प्रहार हुन थालेपछि ठाकुरसँगै राजेन्द्र महतो नजिकै रहेका होटलमा लुक्न पुग्नु भएको थियो ।

नेता ह्रदयश त्रिपाठीले कार्यकर्तालाई संयम हुन आग्रह गर्नुभएको थियो । तर स्थिति उग्र हुन थालेपछि प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको थियो । रबरको गोली लागेर दुई घाइते भएका छन् ।

 

 तस्बिरहरु: हरि शर्मा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.