कतारबाट ४० दिनपछि शव नेपाल ल्याइयो

कतारबाट ४० दिनपछि शव नेपाल ल्याइयो

विराटनगर : कतारमा मृत्य भएको ४० दिनपछि धनकटाका रोशन बढाथोकीको शव नेपाल ल्याइएको छ। महालक्ष्मी नगरपालिका ४ का बढाथोकीको जेठ १० तारिका दिन कतारमा सतेकै अवस्थामा मत्य भएको थियो। उनको मृत्य हृदयघातबाट भएको त्यहाँका चिकित्सकले बताएका थिए।

रोशनको मृत्य भएपछि शोकाकल बनेको परिवार सहज रपमा शव स्वदेश ल्याउन नपाउँदा थप पीडामा छ। कतारमा पगेका उनका आफन्त राजेश बढाथोकीले कतारस्थित नेपाली दूतावासको हेलचेक्रयाइले गर्दा यतिका दिन शव ल्याउन नसकिएको बताउनभयो।

मान्छे बितेको दिनदेखि हामीले दूतावासमा खबर गर्यो रोशनको शव लिएर नेपाल आएका राजेशले भन्नभयो, तर नेपालीलाई अप्ठ्यारो पर्दा सहयोग गर्न बसेका आप्mनै देशमा कर्मचारीले समयमा काम नगरिदिँदा थप पीडित हनपर्यो।

मृतकको शव नेपाल झिकाउन अन्नपूर्णले परराष्ट्र मन्त्रालयमा इमेल लेखेर चाँडो शव झिकाउने वातावरण तय गर्न आग्रह गरेको थियो। परराष्ट्रका कर्मचारीले दूतावासमा खबर गर्ने र छिटो शव झिकाउने वातावरण बनाउने प्रतिवद्धता जनाए पनि सरकारी अधिकारीले समयमै काम नगरदिँदा यतिका ढिला हन पगेको हो।

कतारमा रहेका मृतकका आफन्त विदर मिश्र, विराज खड्का र नविन खड्काले दूतावासमा निरन्तर दबाब दिन थालेपछि कर्मचारी शव नेपाल पठाउन तयार भएको कतारमा रहेका विदर मिश्रले जानकारी दिनभयो।
विदेशमा काम गर्ने कामदारको कार्यस्थलमा मृत्य भएको खण्डमा क्षतिपूर्ति दिने व्यवस्था भए पनि रोशनको मृत्य सतेकै ठाउँमा भएकाले काम गर्ने कम्पनीको तर्फबाट मृतकका परिवारले क्षतिपूर्ति पाएनन्। शव नेपाल ल्याउन भन्दै कम्पनीले सामान्य खर्च दिएको र त्रिभवन अन्तराष्ट्रिय विमानस्थलबाट मृतकको घरसम्म शव पर्याउनका लागि वैदेशिक रोजगार विभाग मातहत सवारी साधानको व्यवस्था गरिदिएको मृतकका मामा तीर्थ खड्काले जानकारी दिनभयो।

२२ वर्षीया मृतक बढाथोकी ६ महिनाअघि मात्र कतार पगेका थिए। सरक्षा कर्मचारीको रपमा काम गर्ने उनी बेलका साथीहरसँग सतेका विहान मृत अवस्थामा भेटिएका थिए। मृतककी श्रीमती, आमा र बवा कहिले शव आउला र अन्तिम संस्कार गरौंला भनेर हप्तौंदेखि करिरहेका छन्। मंगलबार नै महालक्ष्मी नगरपालिका स्थित चानवाको अरण नदी घाटमा शवको अन्तिम संस्कार गरिएको छ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनसार विदेशमा रहेका नेपाली श्रमिकको हरेक दिन दर्जन भन्दा बढी शव नेपाल आउनेगर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.