नेपाली कामदारको सुरक्षाबारे कोरियामा सांसदको चासो

नेपाली कामदारको सुरक्षाबारे कोरियामा सांसदको चासो

दक्षिण कोरिया: इपिएसमार्फत काम गर्न दक्षिण कोरिया पुगेका नेपाली कामदारको सुरक्षाका विषयमा सांसदहरुले चासो दिएका छन् । सिओलस्थित राजदुतावासमा भएको छलफलमा नेपालबाट आएको सांसदहरुको प्रतिनिधिमण्डलले कामदारको सुरक्षाबारे चासो दिएको हो ।

पछिल्लो समय कोरिया नेपाली युवाहरुको रोजगारको प्रमुख थलो बन्दै गए पनि विभिन्न समयमा कामदार असुरक्षाका बिषय पनि चर्चामा आउने गरेकाले दुतावासले यसतर्फ ध्यान दिनुपर्नेमा सांसदहरुले जोड दिएका थिए ।  

नवनियुक्त राजदूत अर्जनुजंगबहादुर सिंहले नेपाली कमदारको हकहीतका पक्षमा आफु सक्रिय भएर लाग्ने बताउनुभएको थियो । उहाँले हुण्डीमार्फत नेपालमा पैसा पठाउने प्रवृत्ति पनि पछिल्ला दिनमा बढ्दै गएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'हुण्डीबाट पैसा पठाउने प्रवृत्ति छ भन्ने मैले सुने । यसलाई निरुत्साहीत गर्न म माननीयमार्फत सरकारबाट ठोस कदम चाल्न आग्रह गर्छु ।'  बैंकिङ प्रक्रियाबाट पैसा पठाउन नेपाली कामदारलाई राजदूत सिंहले आग्रह गर्नुभएको थियो ।  

राजदूत सिंहले कोरियामा नेपाली दुतावासको आफ्नै भवन र जग्गा नभएको सांसदहरुलाई जानकारी गराउँदै यसबारे सरकारसंग पहल गरिदिन समेत आग्रह गर्नुभएको सांसद उदयशमशेर राणाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'राजदूतको आग्रहलाई हामीले गम्भिर रुपमा लिएका छौं र यसका लागि नेपाल फर्किए लगत्तै सरकारसंग कुरा गर्ने प्रतिवद्धता जनायौं ।' 

व्यवस्थापिका संसद अन्तर्गतको अर्थसमितिका सभापति प्रकाश ज्वालाको नेतृत्वमा सांसदहरुको एक टोली दक्षिण कोरियामा सहकारीको विकासबारे अध्ययन गर्न केही दिन अघि यहाँ आएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.