पानी छोएको भन्दै कुटपिट गर्ने दुई जना पक्राउ

 पानी छोएको भन्दै कुटपिट गर्ने दुई जना पक्राउ

सुर्खेत: सार्वजनिक धारामा पानी छोएको भन्दै दलित महिलामाथि निर्घात कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्। सुर्खेतको लेकवेशी नगरपालिकास्थित साटाखानीका मनकुमारी राई र उहाँका छोरा मनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो। पीडितको जाहेरीपछि बिहीवार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय रामजाली ठाँडामा रहेको धारामा नुहाउँदै गर्दा पानी छोइदिएको भन्दै उनीहरुले स्थानीय टीकाकुमारी मिजारमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भिर घाइते टीकाको टाउको, छाती र शरिरका अन्य भागमा गम्भिर चोट लागेको छ।

यसअघि पीडितको जाहेरी दर्ता गर्न आनाकानी गरेको प्रहरीले चौतर्फी दवावपछि बिहीवार मात्र जाहेरी दर्ता गरेको हो । पीडित टीकाले आफूमाथि सार्वजनिक स्थलमा जातीय विभेद भएको र कुटपिट भएको भन्दै राईका आमाछोराविरुद्ध जाहेरी दिनुभएको हो । जातीय छुवाछुत र विभेदविरुद्धको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। सुर्खेतका एसपी मोहन आचार्यले कानुन अनुसार दोषिलाई कारबाही र पीडितलाई न्याय दिलाउन आफूहरु तयार रहेको बताउनुभयो।

यस्तै राष्ट्रिय मानवअधिकार आयोगको क्षेत्रीय कार्यालय नेपालगंजले घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो। आयोगको क्षेत्रीय कार्यालयका प्रमुख मुरारी खरेलले पानी छोएकै आरोपमा कुटपिट हुनु जातीय विभेद भएको बताउनुभयो।

यो घटना गम्भिर भन्दै उहाँले मिलापत्रको वहानामा पीडकलाई उन्मुक्ति दिने खतरा रहेकाले आयोगले निगरानी गरिरहेको उल्लेख गर्नुभयो । पीडितलाई न्याय दिलाउनका लागि आफूहरु प्रयासरत रहेको दलित सेवा संघ सुर्खेतका उपाध्यक्ष टेकेन्द्र विश्वकर्माले बताउनुभयो।

यस्तै संघका केन्द्रिय महासचिव सञ्जुसिं विश्वकर्माले मुद्दालाई कमजोर बनाउने र पीडितलाई विभिन्न आश्वासन दिने खतरा रहेको भन्दै स्थानीय प्रशासनले पीडितको सुरक्षाको जिम्मा लिनुपर्ने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.