‘लुम्बिनी बिश्वमा चिनाउने अभियान उत्कृष्ट’

‘लुम्बिनी बिश्वमा चिनाउने अभियान उत्कृष्ट’

ब्रसेल्स : बेनेलक्स र युरोपेली युनियनका लागि भुटानी राजदूत पेमा चोदेनले भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनीलाई बिश्वमा चिनाउने अभियानलाई उत्कृष्ट कार्यको संज्ञा दिनु भएको छ ।

लुम्बिनी कपिलवस्तु बिश्व अभियानले लुम्बिनीको तस्विर उपहारस्वरुपमा हस्तान्तरण गर्ने क्रममा राजदूत पेमा चोदेनले त्यस्तो प्रतिक्रिया दिनु भएको हो ।
यस्तो अभियानले गरेका कार्यहरु उत्कृष्ट र बिश्व शान्तिका लागि धेरै महत्व राख्ने राजदूत पेमा चोदेनले बताउनुभयो ।

अभियानका यूरोप सल्लाहकार तथा लुम्बिनी कपिलवस्तु विश्व अभियान बेल्जियमका अध्यक्ष दामोदर प्रसाद आचार्यले राजदूत चोदेनलाई लुम्बिनीको तस्विर र अन्य अध्ययन सामग्री हस्तान्तरण गर्नु भएको थियो । ब्रुसेल्सस्थित भुटानको राजदूतावासमा भएको भेटमा आचार्यले राजदूत चोदेनलाई ब्रुसेल्समा भएको अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र र प्रबर्धनात्मक सामग्री उपहार स्वरुप प्रदान गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.