कहिल्यै नउठ्ने गरी विदेशमा अस्ताए पंगेनी

कहिल्यै नउठ्ने गरी विदेशमा अस्ताए पंगेनी

स्याङ्जा : केही बर्ष विदेशी भूमिमा दुख गरेर पैसा कमाउने अनि आफनै देशमा सुखसंग बस्ने सपना थियो रामचन्द्र पंगेनीको । उहाँ यही सपनाका साथ करिव दुई महिना अघि मात्र दक्षिण कोरिया जानुभएको थियो । ईपीएस प्रणाली मार्फत कोरिया पुग्नुभएका स्याङ्जा वालिङ ११ स्वरेक डौवाका का २६ बर्षीय पंगेनी बुधवार भने आफ्नै कोठामा मृत भेटिनुभयो ।  

कोरियाको जेजुस्थित एक कम्पनीमा कार्यरत पंगेनीे आफ्नै कोठा अगाडी झुण्डिएको अवस्थामा भेटिएको कोरियाली दुतावासले जानकारी गराएको पारिवारिकले जनाएको छ । स्नातक तहमा अध्ययन गर्दैगर्दा कोरिया पुग्नुभएका पंगेनीका ६० बर्षीया आमा, ५ दिदी बहिनी र ४ दाजुभाई छन् । साइला छोरा कमाउन कोरिया जाँदा खुसी हुनुभएकी आमाको त्यो खुसी दुई महिना पनि टिकेन । अहिले छोराको मृत्युको खवरले आमा अर्धचेत हुनुहुन्छ । परिवारमा सन्नाटा छाएको छ । आफन्त स्तब्ध छन् ।

५५ दिनअघि मात्र कोरिया जानुभएका पंगेनी पछिल्लो २/३ दिनदेखि सम्पर्कमा नरहेको साथी छबी पंगेनीले जानकारी दिनुभयो । दुतावासले पंगेनी झुण्डिएको अवस्थामा भेटिएको र आत्महत्या गरेको हुनसक्ने दूतावासमा कार्यरत कर्मचारी रमेश गैह्रेले कोरियाबाट फोनमार्फत परिवारलाई जानकारी गराउनुभएपछि परिवारले घटनाबारे थाहा पाएको हो ।  

दुतावासका अनुसार पंगेनीको मृत्युपछि प्रहरीले राजधानी सोलस्थित नेपाली दुतावासलाई जानकारी गराएको थियो । आँउदो सोमबारसम्म शव नेपाल ल्याउने तयारी भैरहेको दुतावासले जनाएको छ ।

‘पंगेनीले कोरियामा काम गर्न अत्यन्त सजिलो छ, तर यही काम गर्छु भनेर कहिल्यै पनि भनेनन', उहाँका सहपाठी छबी पंगेनीले बताउनुभयो । केही दिनअघि मात्र पंगेनीले सामाजिक संजाल फेसबुकमा लेख्नुभएको अन्तिम स्टाटस थियो, ‘कहिल्यै नउठ्ने गरी निदाउने मन छ' ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.