एडिलेडलाई घन्काएपछि नेपथ्य सिड्नीतर्फ

एडिलेडलाई घन्काएपछि नेपथ्य सिड्नीतर्फ

एडिलेड : यस वर्ष अष्ट्रेलियामा जारी नेपथ्यको शृङ्खलाबद्ध प्रस्तुति अन्तर्गत दोश्रो कन्सर्ट शनिबार एडिलेडको ‘नरउड कन्सर्ट हल’मा सम्पन्नभएको छ।

एडिलेड सहर दक्षिणवर्ती अष्ट्रेलियाली राज्य ‘साउथ अष्ट्रेलिया’को राजधानी हो। सिड्नी र मेलबर्नको तुलनामा एडिलेडमा असाध्यै थोरै नेपालीहको बसोबास छ। यतिहुँदाहुँदै पनि लगभग तीन हजार नेपालीको बसोबास रहेको यस सहरमा झण्डै तीस प्रतिशत मानिस नेपथ्यलाई हेर्न र सुन्न कन्सर्टमा पुगेका थिए।

‘नेपथ्य जहाँ गए पनि त्यसले नेपालीलाई एकतामा जोड्ने काम गर्छ,’ आयोजक समितिका खुम घले भन्छन्, ‘त्यो क्षणको अनुभूति गर्न पाउनु नै पनि नेपथ्य कार्यक्रममा सरिक हुनुको आनन्द हो।’

घले सन् २०१२ मा नेपथ्य सिड्नीको टाउनहलमा प्रस्तुत हुँदै गर्दा धेरै दर्शक सुरक्षाका कारण बाहिरै रहन बाध्य मध्येका हुन हुन्। ‘सिड्नीको मुटुमै रहेको त्यो प्रसिद्ध हल बाहिर कुनै नेपाली कार्यक्रमकै कारण सडकमा ट्राफिक जाम भएको र थुप्रै प्रहरी परिचालित गर्नु परेको त्यो घटना आफैमा अविष्मरणीय बन्न पुगेको थियो,’ खुम भन्छन्, ‘त्यतिबेला अगाडिनै हल भरिएको कारणले सयौं दर्शकहरु कार्यक्रम नहेरि फर्किएका थिए।’

त्यस्तो अवस्थामा शनिबार एडिलेडको कार्यक्रममा भने एकजना पनि नेपाली दर्शक निराश भएर फर्किनु नपरेकोमा खुम आफूलाई गर्व लागेको बताउछन्।

‘हामी नेपालीको प्रिय ब्याण्ड बन्न पुगेको नेपथ्यले स्थापनाको २५ वर्ष मनाइरहेको बेला एडिलेडमा एकजना पनि दर्शक फर्किनु परेन,’ खुमले भने, ‘कार्यक्रमको महत्वलाई पूर्वानुमान गरेर सुरुमै हामीले फराकिलो हल र उचित व्यवस्थापन गर्न सफल भयौँ।’

कार्यक्रमको प्रारम्भमै नेपथ्यको भर्खरै रिलिज भएको म्यूजिक भिडियो ‘घरको कुरा’ पनि प्रस्तुत गरेको थियो। गीतको भावले दर्शकको मनलाई छोएको थियो। ‘यसका शब्दहरु कति बलिया रहेछन्,’ तीन वर्षदेखि एडिलेड बस्दै आएका प्रदिप खत्री भनिरहेका थिए, ‘घरलाई सम्झेर एकछिन त आँसु थाम्न पनि सकिन।’


कन्सर्टमा ‘शिरफूल’ देखि लिएर ‘यो जिन्दगानी’ जस्ता गीतमा दर्शकले अमृत सँगसँगै गीत गाएर आनन्द लिए। ‘यति पर आएर पनि घरमै गीत गाएको जस्तो महसुस हुँदा आनन्द महसुस भइरहेको छ’, नेपथ्यका अमृत गुरुङ भनिरहेका थिए, ‘स्टेजबाट गाइरहेको बेला अन्धकारले गर्दा दर्शकदीर्घा जसै म देख्न सक्दिनँ त्ययसैगरी त्यस क्षणले मलाई म स्वदेशमा गाइरहेको छु वा विदेशमा भन्ने छुट्याउनन सक्नेगरी आत्मीयता महशुस गराइरहेको हुन्छ।’

नेपथ्यले दर्शलाई आफ्नो देशभक्तिमा आधारित नयाँ रेकर्ड ‘हामी नेपाली’ सुनाएको थियो। अमृतले गीतको थालनीगर्दै जसै ‘तिमी पनि नेपाली’ भनेका थिए जवाफमा दर्शकको भिडले नै गाएर ‘म पनि नेपाली’ भनेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.