कोरियास्थित नेपाली राजदूतावास साप्ताहिक विदाका दिन खुल्ने

कोरियास्थित नेपाली राजदूतावास साप्ताहिक विदाका दिन खुल्ने

काठमाडौं : दक्षिण कोरियास्थित नेपाली राजदूतावास साप्ताहिक विदा अर्थात आइतबार पनि खुल्ला हुने भएको छ। आइतबार दूतावासमा एक कार्यक्रमकाबीच नवनियुक्त राजदूत अर्जुन जंगबहादुर सिंहले अबबाट आइतबार पनि दुतावास खुल्ला हुने घोषणा गर्नु भएको हो। कोरियाको सरकारी नियम अनुसार दुतावास लगायत सरकारी कार्यलय शनिवार र आइतबार बन्द हुने गरेका छन्।

यद्यपी नवनियुक्त राजदूत सिंहले नेपालीको समस्या र मागलाई ध्यान राख्दै आइतबार देखि बिहिवार सम्म दुतावास खोल्ने निर्णय सार्वजानिक गर्नु भएको हो। राजदूत भएर कोरिया आएको एक महिना पाँच दिन पछि आइतबार पनि दुतावास खोल्ने सिंहको निर्णयको यहाँका नेपालीले स्वागत गर्नुका साथै प्रशंसायोग्य भएको बताएका छन्।

आइतबार दुतावास बन्द हुदाँ हजारौ नेपालीले पासपोर्ट रिन्यू, ड्राइभिङ लाइसेन्स लगायत विभिन्न कागजात बनाउन कम्पनीबाट विदा लिएर अन्य दिन जानुपर्ने बाध्यात्मक अवश्था थियो। विदाको दिन बाहेक अन्य दिन बिदा लिदाँ कम्पनीले उनीहरुको तलब कटौति गर्ने गर्दथ्यो। तर आइतबार दुतावास खुल्ला हुने पछि यहाँ कार्यरत इपिएस कामदार, विद्यार्थी, व्यावसायीलगायत सवै नेपाली लाभान्वित हुने भएका छन्।

आइतबार दुतावासमा आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा आइतबार दुतावास खोल्ने घोषणा सँगै त्यहाँ सहभागीले उठाएका सवालको जवाफ पनि राजदूत सिंहले दिनुभएको थियो। सहभागीले दुतावास मिडियामैत्री नभएको, बढ्दो नेपालीको आत्महत्या, डिप्रेसन रोक्न दुतावासले पहल गर्नुपर्ने सुझाव दिएका थिए। त्यस्तै सुतेको अवश्थामा निधन हुने घटना, भिषा सकेर स्वदेश फिर्ता हुन लागेकालाई उचित तालिम, नेपालमा लगानीको वातावरण बनाउन, यहाँ लगानी खोज्न आउनेलाई दुतावासको दायरामा ल्याएर लगानीकोकर्ताको लगानी सुरक्षा र सुनिश्चितता गर्नुका साथै हुण्डी कारोबार रोक्नुपर्ने लगायतका माग उठाएका थिए।

सिंहले उठेका सवालको जवाफ दिदै बढ्दो मृत्यु, आत्महत्या, सुतेको अवस्था हुने मृत्युको कारण खोज्न नेपालबाट विज्ञ टोली झिकाउन नेपाल सरकारलाई आग्रह गर्नुभएको थियो। हुण्डी कारोबार रोक्न आवश्यक कदम चालिने उहाँको भनाई थियो। लगानीको सुनिश्चिता र सुरक्षाका लागि पनि दुतावासले पहल गर्ने पनि उहाँले स्पष्ट पार्नु भयो भने मिडियासँग पनि सहकार्य गरेर प्रत्येक महिना कोरियाका विभिन्न ठाउँमा सचेतनात्मक कार्यक्रम गर्ने पनि बताउनु भयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.