नेपाल भ्रमण गर्न कोरियाली राष्ट्रपति इच्छुक

नेपाल भ्रमण गर्न कोरियाली राष्ट्रपति इच्छुक

सोल: कोरियाली राष्ट्रपति मून जे इन नेपाल आउन इच्छुक रहेको बताउनु भएको छ। राजधानी सोलस्थित राष्ट्रपति भवन ब्लु हाउसमा मंगलबार बिहान आयोजित एक समारोहमा दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहले आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपति मून जे इन समक्ष ओहोदाको प्रमाणपत्र बुझाउँदाको भेटमा उहाँ यस्तो इच्छा व्‍यक्त गर्नु भएको हो।

राष्ट्रपति मूनले नेपाली कामदारहरु इमानदार रहेको भन्‍दै आफूले इपीएस कोरियन भाषा प्रणालीलाई अझै व्‍यवस्थित गर्न सकारात्मक रहेको बताउनुभयो।उहाँले नेपाल र कोरियाबीचको सम्बन्ध थप प्रगाढ हुनेमा जोड दिँदै नेपालमा भुकम्प गएपछि आफूले गरेको भ्रमण र त्यहाँ गरेको श्रमदानका बारेमा कुराकानी गर्नुभयो। नेपाल भ्रमणप्रति सकरात्मक हुँदै उहाँले नेपाल र कोरियाबीच उच्च स्तरीय भ्रमणको खाँचो रहेको औल्‍याउनुभयो।

राजदूतले उहाँले गरेको नुवाकोट भ्रमणका बारेमा कोट्याउन नपाउदै राष्ट्रपति मूनले त्यस बारे बताउनुभएको थियो।राष्ट्रपति मूनले भुकम्पले भत्काएको नुवाकोटको विद्यालय पुर्ननिर्माणमा श्रमदान गरेका थिए।

त्यस्तै भेटमा राष्ट्रपति मुनले भुकम्पका बेला भएको मानवीय क्षतिप्रति दुःख व्‍यक्त गर्दै पुर्ननिर्माणका बारेमा पनि चासो ब्यक्त गभयो। उहाँले भन्‍नुभयो, 'नेपालको उर्जा, जलविद्युत, भौतिक पुर्वाधार लगायत विभिन्न क्षेत्रमा लगानी गर्न कोरिया सरकार तयार छ।'

यस अघिका परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले गर्नु भएको भ्रमण नै उच्च स्तरिय हो। परराष्ट्र मन्त्री स्तरिय भेटवार्ता तथा भ्रमणलाई पहिलो प्राथमिकता साथ अगाडि बढाउन पहल गर्ने पनि दूतावासले जनाएको छ । परराष्ट्रपछि राष्ट्र प्रमूख स्तरको भ्रमणका लागि पहल गर्ने पनि दुतावासले जनाएको छ।

यसैबीच राष्ट्रपति मूनले इपिएस मार्फत कोरिया आएका नेपाली कामदार इमान्दार र लगनशिल भएर काम गरिरहेको भन्दै नेपाली कामदारको प्रशंसा समेत गर्नु भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.