'इमोशनल ब्ल्याकमेलिङ' गरी फसाउन खोजियो : मल्ल

'इमोशनल ब्ल्याकमेलिङ' गरी फसाउन खोजियो : मल्ल

टोकियो : जापान बस्दै आएका पोखराका गोबिन्दप्रसाद तिवारीको ठगी प्रकरणमा संलग्नता रहेको आरोप खेप्दै आएका पत्रकार तिलक मल्लले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको र आफुलाई जबरजस्ती फसाउन खोजिएको बताउनुभएको छ ।

आफुले मिलाउनुपर्ने हिसाब तिवारीले पीडितहरुलाई बुझाउन लगाएर आफुलाई झुक्याएको मल्लले बताउनुभयो । त्यसैको भरमा आफुलाई 'इमोशनल ब्ल्याकमेलिङ' गरी जबरजस्ती फसाउन खोजिएको उहाँको भनाई छ ।

शनिवार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो 'पीडितले न्याय पाउनुपर्छ, दोषीले हदैसम्मको सजायँ पाउनुपर्छ, त्यसका लागि मबाट देखिनेगरी सक्दो पहल हुने छ ।'

आकर्षक रोजगारीका लागि जापान ल्याउने प्रलोभन देखाएर करोडौको ठगी गरेको अभियोग लागेका पोखराका गोविन्दप्रसाद तिवारीलाई नेपाल फिर्ता पठाउन जापानको नेपाली समुदायले दूतावासमार्फत पहल अगाडि बढाएका छन् । तिवारीको उक्त ठगी धन्दामा संलग्नता रहेको भन्ने झुठो आरोप पत्रकार मल्लले पनि खेप्दै आउनुभएको छ । त्यस बिषयमा आधिकारिक धारणा राख्न नेपाल पत्रकार महासंघ जापान शाखाले शनिवार पत्रकार सम्मेलनको आयोजना गरेको हो । मल्ल महासंघ जापान शाखाका पूर्व अध्यक्ष पनि हुनुहुन्छ।

तिवारीको निर्देशनमा एक वर्ष अगाडि पीडितले पत्रकार मल्लका छोरा सुदर्शन मल्लको बैंक खातामा पैसा जम्मा गरेका थिए । जम्मा हुन आएको रकमको जबाफदेही तिवारी हुने भएकोले तिवारी परिवारबाटै उक्त रकम फिर्ता दिलाउन गरिएको लामो प्रयासबाट पहिलो किस्ता रकम नेपाल पठाइसकिएको मल्लले जानकारी दिनुभयो ।

रकम जम्मा गर्ने पक्ष र बैंकको खाता नम्बर उपलब्ध गराउने पक्षबीच तत्कालीन अवस्थामा कुनै संवाद र सम्झौता नभएकाले दुवैपक्षको सहमतिबाटै सल्टाउन भइरहेको प्रयास अनुसार पीडितहरुको रकम फिर्ता दिलाउन आफु लागिपरेको उहाँको भनाई छ । ‘अबको केही दिनभित्र पीडितहरुले पहिलो किस्ता रकम फिर्ता पाउने छन् ।' उहाँले भन्नुभयो ।

काम गर्दै किस्ताबन्दीमा तिर्दै जाने सर्तमा तिवारी परिवारले केही रकमको जोहो गरी नेपाल पठाएको र अरु पनि क्रमशः तिर्दै जान तिवारी परिवार तयार रहेको कुरा पत्रकार सम्मेलनमा मल्लले जानकारी दिनुभयो ।

गोविन्द तिवारीलाई जापान प्रहरीले कुनै पनि बेला नेपाल पठाउन सक्ने भएकोले जापानमै रहेका उहाँका श्रीमती, भाइ लगायतका परिवारका सदस्यहरुले काम गर्दै पीडितहरुको रकम क्रमशः फिर्ता गर्दै जाने भएका छन् ।

पत्रकार सम्मेलनमा तिवारीको ठगी धन्दामा कुनै संलग्नता नरहेको भन्ने तिवारी परिवारले गरेको लिखत कागज, सोही ब्यहोराको भिडियो क्लिप र तिवारीसंग भएगरेका हिसाबकिताबको फेहरिष्ट पनि मल्लले प्रस्तुत गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.